बिरगंज, ३ चैत
अभिभावक संघ पर्साले वीरगन्जको घणटाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रगतदान गरेका हुन् ।
अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहको अध्यक्षतामा एवं वीरगन्ज महानगरका सन्स्थापक मेयर विजय सरावगिको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पुजा ढकाल, पुनम यादव,मनिषा कुमारी झा, ओनिका कुमारी, राकेश साह तेलि,अभिषेक सिंह ,अरसे आजम,हिरा प्रसाद पुडासैनी,संतोष कुमार यादव,राजेन्द्र भट्टराई , सुशिल कुमार साह, अभिमन्यु सिंह ,राहुल सर्राफ, , राजकुमार राय, नरेन्द्र कुमार तिवारी,बलिराम चौधरी, अजित कुमार मण्डल लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएका थिए ।
रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएपछि होलीको पुर्वसन्ध्यामा होलिको शुभकामना आदानप्रदान गर्न आजको रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगन्जले सहयोग गरेको अध्यक्ष साहले बताए ।
सो कार्यक्रममा नेपाल बुद्धिजिवि परिषद मधेश प्रदेशका अध्यक्ष शम्भु गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापा, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, दाइजो प्रथा एवं समाजिक कुरिती जागरण मन्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरी, युवा अभियन्ता दिलिप राज कार्की,केदार गुप्ता,सन्चारकर्मिहरु श्याम गुप्ता,जगत राई,सन्जय दास थारु लगायत विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरु एवं अभिभावक संघका पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो रक्तदान कार्यक्रममा रक्तदाताहरु लाई टिसर्ट एवं प्रमाणपत्र दिएर सम्मानित गरिएको कार्यक्रममा सहजीकरण संघका कोषाध्यक्ष कन्हैया पटेलले गर्नु भएको थियो भने रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोलिले रक्तदाताहरुलाइ सघाएका थियो ।