काठमाडौं, चैत ३ । एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनका चार जना स्थायी कमिटी सदस्यसहित २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएको छ ।
केन्द्रीय कमिटी बैठकले संगठनमा क्रियाशील नभएका तथा जिम्मेवारी बस्न नचाहेका ती केन्द्रीय सदस्यलाई हटाउने निर्णय गरेको हो । संगठनको नियमित काम, कार्यक्रम, अभियान तथा आन्दोलनमा शियाशील नभएका र स्वेच्छिक रुपमा बिदा हुन चाहेकाहरुलाई हटाइएको महासचिव नरेश रोकायले बताउनु भयो ।
यसरी जिम्मेवारीबाट हटाइएकामा स्थायी कमिटी सदस्य मोनालिसा श्रेष्ठ, निकुञ्ज पाण्डे, धर्मराज न्यौपाने र डा. अनित सिन्हा हुनुहुन्छ ।
यस्तै केन्द्रीय कमिटी सदस्यहरु लक्ष्मण चौहान, झरना प्रधान, दिपा चेम्जोग, पार्वती दाहाल, कृष्ण मोक्तान, बिशाल पौडेल, सुस्मिता कार्की, प्रमिला खडका, भूमिका कुँवर, पुष्पाकुमारी धामी, सृष्टि रानामगर, पुजा सुनार, सबिताकुमारी यादव, स्मृति खनिया, राजेश थापा, बिराज पाण्डे, डा. असिम घिमिरे, डा. एलिसा डिसी, पदम सुबर्णकार, शोभिन सुबेदी र देवेन्द्र गुरुङलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।
बैठकले केन्द्रीय कमिटी, विभाग र आयोगहरूमा नयाँ सदस्य पनि थप गरेको छ । केन्द्रीय आयोगको काम थप प्रभावकारी बनाउन हाल निर्वाचित आयोगका सदस्य संख्या कम भएकोले केन्द्रीय आयोगहरू २१ सदस्सीय बनाउने निर्णय गर्दै बैठकले सदस्यहरू थप गरेको छ । बैठकले ५३ जनालाई केन्द्रीय कमिटीमा मनोनीतसमेत गरेको छ । साभार जनताटाईम्स