वीरगन्जः वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा कन्दरगाह कार्यालयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुगमन गरेका छन ।
बिरगन्जमा बिहिवार नेकपा एमालेका पर्सा जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय प्रतिनिधि भेला प्रश्चात दिउँसो नेता पोखरेले सो अनुगमन गरेका हुन ।
लुम्बीनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले अनुगमनको क्रममा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा कन्दरगाह कार्यालयमा देखिएको बिभिन्न समस्यालाई तत्काल समाधानमा लयाउन प्रमुखहरुलाई निर्देशन दिनुभयो । उनले नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वीरगञ्जस्थित भन्सार कार्यालय रहेकोले सो अनुरुप अहिले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको जिकिर गर्दै तत्काल समस्या सामाधन गर्न र राजस्व सङ्कलनमा बृद्धी ल्याउन (आईसिपी) का प्रमुख डिल्ली रामा पन्थी र सिर्सिया सुक्खा कन्दरगाह कार्यालयका प्रमुख राम प्रसाद मैनालीलाई निर्देशन दिएका हुन । उनले भने फागुनको अन्तिम सतामा देशमा नयाँ समिकरणका साथ एमाले सरकारमा आएको छ ।
अहिले देशमा मुख्य समस्याको रुपमा रहेको आर्थीक मन्दीलाई रोक्न र देशको अवस्था चलाएमान बनाउन एमालेले अगाडी बढेको उनले बताए । उनले (आईसिपी) र सिर्सिया सुक्खा कन्दरगाह कार्यालयलाई थप ब्यवस्थीत बनाउन चाहिने आवश्यक स्रोत, साधनलाई सम्बन्धीत मन्त्रालयबाट पुर्तीका लागी आफु छिटो नै पहलमा लाग्ने प्रतिबद्धता समेत जनाएका हुन ।
अनुगमनको क्रममा दुवै प्रमुखले कार्यालयमा देखा परेको कमिकमजोरीलाई आत्मसाथ गरेर समस्या समाधानमा लाग्न बताएका थिए ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सचिव एवंम मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराई, स्थाई कमिटी सदस्य अच्छुत मैनाली, पुरुसोतम पौडेल, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा,सरोज यादव, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सदस्य अनिल हजरा, पर्सा जिल्ला संयोजक विश्वमभर शर्मा, पुर्व जिल्ला सचिव मनोज कुमार गुप्ता लगायत संचारकर्मी र सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।