बिरगंज, ३० फागुन
श्री नेपाल रेल्वे मा.बि द्वारा कक्षा १० मा अद्यनरत बिद्यार्थीहरुको बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
बिरगन्ज वडा नम्बर ९ मा रहेको उक्त बिधालयमा अध्यनरत ९ कक्षा का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरु लाई बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन ।
बिधालयला प्र.अ प्रभु रौनियारको अध्यक्षता मा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडानमबर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले बिरगंजको मुटुमा रहेको एक मात्र सरकारी बिधालयकोरुपमा स्थापित बिधालय लाई चौतर्फीहेला गरेको बताए ।
बिधालय घण्टाघरको मुटुमा रहेको र यश वडाको एक मात्र बिधालय भएको हुनाले स्थानीय सरकार , यहाका उधोगी ब्यपारी , समाजसेवी लगायत विभिन्न सघ सस्थाले मिलेर यस्को बिकास गर्नु पर्ने देखिएतापनि हाल सम्म कुनै पनि निकायले सो सहकार्य नगरेको बताए ।
आफुहरुको कार्यकालमा बिधालयलाइ चौतर्फी बिकासको लागि सक्दो सहयोग गरेको र आउने दिनमा सो सहयोग जारी रहने बाचा गरे तर आफुले मात्र बिधालयमा सबै कुरा ब्यवस्थापन गर्न न सक्ने र यसको लागि सबैको सहजीकरण , सहकार्य आवस्यक रहेको बताए ।
बिधालयमा रेगुलर र इग्जामटेड गरि कुल ६९ जना बिद्यार्थीले आउदो एस.इ.इ को परिक्षा दिने बिधालयका लेखा पाल जगमोहन रौनियारले बताए ।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष बिजय रौनियार , धिरज पास्वान , सोनिकुमारी वडा समितीका सदस्य सोनि पास्वान , गिता मान्धर लगायत शिक्षक तथा बिद्यार्थीहरुको उपस्थितरहेको थियो भने कार्यक्रम संचालन बिधालयका सहायक प्र.अ मनोज यादवले गरेका थिए ।