बिरगंज,२२ फागुन ।
बीरगंज महानगरपालिका स्थित आर्दशनगरको पुरानो बसपार्कमा हिन्दु स्वयंसेवक संघ नेपाल दुारा आयोजित स्वामी बिवेकानन्द संस्कृतिक ज्ञान परिक्षा कार्यक्रम सम्पन्न एक समारोह बिच सम्पन्न भएको छ ।
हिन्दु स्वयंसेवक संघ नेपालका संयोजक मुनिलाल कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले उदघाटन भएको थियो ।
मन्त्री कुर्मीले अहिले हिन्दु धर्म परिवर्तन गराउने संख्या बढिरहेको र हिन्दु धर्म प्रति आक्रमण भइरहेकोले आफू धर्म संस्कृति जोगाउन सबैले आ,आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभएको छ। हाम्रो धर्म संस्कृतिक परमपरा कालदेखि रहदै आइरहेकोले यसको संरक्षण गर्न युवा पुस्ता लाग्न सुझाव समेत दिएका छन् ।
अहिले हिन्दु स्वयंसेवक संघले आफ्नो धर्म संस्कृति प्रति सबैलाई जागरुप गराउने काम बिधालय स्तरमा कार्यक्रम गदै आइरहेको छ। बीरगंजमा पहिलोपटक यति धेरै बिधालयहरु सहभागी गराएर विद्यार्थीहरुमा हिन्दु धर्म र संस्कृतिकको बारेमा सन्देश प्रवाह गरेको छ। पर्सा जिल्लामा अहिले युवा पुस्ताहरुमा हिन्दु धर्म प्रति आस्था बढिरहेकोले विद्यार्थीहरु उत्साहित भएका छन् ।
हिन्दु स्वयंसेवक संघ नेपाल दुारा आयोजित स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा ५८ वटा निजी तथा सामुदायिक बिधालयका २३ सय विद्यार्थीहरुले भाग लिएका थिए।
हिन्दु धर्म संस्कृतिक संग जोडिएका प्रश्नपत्र रहेकोमा ३० मिनेटको परिक्षामा ५५ जनाले ५० अंक ल्याउन सफल भएकोमा गोलाप्रथा बाट बिजेताहरु चयन गरिएको थियो । प्रथम माइस्थान बिधापिठ माध्यमिक बिधालय नगद रु २२ हजार दोस्रो साउथजोन माध्यमिक बिधालय रु १६ हजार ५००/ तेस्रो एनआइ कलेज रु १२ हजार ५००/ पाउन सफल भएको कार्यक्रमका सहसंयोजक सन्नी दुवेले जानकारी दिनुभएको छन।
बाकी ५२ जनालाई सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । कार्यक्रममा प्रमुख प्रवक्ता हिन्दु स्वयंसेवक संघका विभाग संघका संचालक ललन दिवेढी,जिल्ला संघ संचालक पर्सा माधवराजपाल सहसंयोजक जियालाल गुप्ता, आलोक चौरसिया,राम श्रेष्ठ तथा सामुदायिक बिधालयका प्रअहरु तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
अहिले बिधालय स्तरमै हिन्दु धर्म संस्कृतिकको बारेमा विद्यार्थीहरुलाई जनचेतनामूलक कार्यक्रम मार्फत अगाडि बढाउने काम भइरहेको संयोजक मुनिलाल कर्णले बताएका छन् ।