वीरगन्ज,६ फागुन
राहुल गुप्ता
वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। आफ्नै कार्यालय वीरगन्ज -८ बाट प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार वीरगन्जको घण्टाघरमा ११५० थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, बिशिस्ट अतिथी संस्थाका संस्थापक सदस्यद्वय सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र सल्लाहकार प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह , अतिथिहरु प्रा.डा. हरेराम ठाकुर, समाजसेवीहरु तेजप्रकाश निषाद,नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सदस्यद्वय श्रवण रायमाझी- अभिलाष गुप्ता, घण्टाघर प्रहरी पोस्टका इन्चार्ज कृष्णनन्दन ,दिपक पटेल ,अभिनाष झा ,राजेश श्रीवास्तव,संस्थाका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्षद्वय प्रकाश थारु - मोनिका सिंह ,सदस्यहरु हरेंद्र पटेल-संजय मंडल-,निला कुमारी राम र कर्मचारी शोभा देवी, सन्चारकर्मी संजय दास थारु लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ दिएर जानुस र नहुने आवस्यकता भएकोले निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ । दिन दुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म हो कर्म हो भन्दै हाम्रो नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो