बीरगन्ज २६ बैशाख : भनिन्छ कलियुगमा दान दिने मानिसहरु भेटिँदैनन तर पर्सा जिल्लाको बहुदर माई नगरपालिकाको मेयर नितेन्द्र साहले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितलाई उपचार गर्नको लागि आफ्नो स्वामित्वमा रहेको होटल साह दरबार प्राली निशुल्क रुपमा कोभिड अस्पतालको लागि आवश्यक पूर्वधार सहितको आइसोलेशन वार्ड संचालन गर्न दिने घोषणा गरेका छन ।
एक बिघा भन्दा बढि जमिनमा फैलिएको होटल साह दरबारमा अव बहुदर माई नपाले आफ्नो नपाभित्रको संक्रमितहरुलाई निशुल्क रुपमा चिकित्सक एवं स्वास्थ्यकर्मि सहितको टोलीले उपचार गर्ने भएको छ भने निशुल्क रुपमा औषधी वितरणको सबै आवश्यक तयारी समेत पुरा गरेको कुरा नपाका प्रमुख प्रशासकीय अधिकृत बिदुर उप्रेति बताउनुहुन्छ । मेयर सावको नगरवासि प्रतिको जिम्मेवारी बोध र आफ्ना पालिकाको संक्रमितलाई उपचार गर्नुको अतिरिक्त अभिभावकत्व ग्रहण गरि करोडौं लगानी गरेर निर्माण गरिएको होटल निशुल्क रुपमा संचालन गर्न दिने निर्णय गर्नु पर्साको लागि मात्र नभएर यस भेगको लागि नै उदाहरणिय भएको तर्क गर्छन ।
उप्रेतिका अनुसार अब सिघ्राधिशिघ्र आइसोलेशनको लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड भित्र रहेर वार्ड निर्माण एवं त्यसको लागि आवश्यक समाग्री खरिद गर्ने प्रकृया समेत अघि बढेको बताउनुहुन्छ । उहाँ कोरोना भन्ने बित्तिकै त्रसित हुने मनोबृत्तिलाई अन्त्य गर्दै होटलको पुरै स्पेश अस्पताल संचलान गर्न दिने घोषणाले पर्सा जिल्ला भरिका जनप्रतिनिधीको लागि यौटा उदाहरण नै भएको थप्छन ।
उक्त होटलमा सुबिधा सम्पन्न एसि हल, कम्पाउण्ड, बातानुकुलित कोठा, ट्वाइलेट बाथरुम, भित्रै वाकिङ्ग एरिया र संक्रमितको लागि कुनै हिनताबोध हुनै नसक्ने वातावरण निर्माणमा नपा लागेको कुरा नपाको मेयर नितेन्द्र साह बताउनुहुन्छ ।
उहाँका अनुसार पर्सा जिल्ला भरिका पालिकाहरुले समेत अव स्थानको अभावमा आइसोलेशन वार्ड संचालन गर्न नसकेको भए उनिहरुलाई समेत निशुल्क स्थान सोही होटलमा उपलब्ध गराउने र आवश्यकता अनुसारको ब्यबस्थापन पालिका आफैले गर्न सक्ने घोषणा गरेको कुरा सार्वजानीक गर्ेपछि अव यसले पर्सामा नयाँ तरंग समेत पैदा गरिदिएको छ ।
जमिन र होटल संचालनको तयारी अवस्ता सम्म पुग्दा अनुमानित २० करोडको हाराहारिमा गरिएको लगानीको समते परवाह नगरी कोभिड संक्रमित राख्न आइशोलेशन वार्ड संचालन गर्न दिने घोषणा गर्नु कमजोर मुटु भएका मानिसहरुले गर्न सक्दैनन मेयरको कलेजो दरो रहेछ अव नगरवासिमा बाच्ने आशा पलाएको अनुभुति गर्न थाल्छन भन्ने प्रतिक्रिया हरिकिशोर प्रसादको रहेको छ । आफुले हिजो बसेको बोर्डको बैठकमा निशुल्क रुपमा आफ्नो स्वामित्वमा रहेको होटल आईसोलेशन वार्ड संचालन गर्न दिने घोषणा गरेको कुरा पनि मेयर साहले बताउनुभयो ।