वीरगन्जः पर्सा जिल्लामा प्रहरीकै सरक्षंणमा तस्करीले तिब्रता लिएको छ । सीमा क्षेत्रको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै सरक्षंणमा तस्करीले तिब्रता लिएकोे हो । सीमा सुरक्षादेखि सीमा क्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी नै तस्करसँग मिलेर यसलाई तिब्रता दिएको स्रोतले जनाएको छ । पर्साको मुख्य नाका वीरगञ्जसहित ग्रामीण भेगका बिभिन्न सीमानाकामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै ठुला हाकिमहरूको मिलेमतोमा गुटखादेखि कुखुरासम्मका तस्करीका कारण यतिबेला पर्सा जिल्ला गन्हाएको छ ।
वीरगन्ज महानगरपालिकामा पर्ने इनर्वा भन्सार, छपकैया, स्रिशिया, अलौ र सिउवान टोला लगायतका नाकाबाट प्रहरीकै सरक्षंणमा खुलेआम प्याज, कपडा, मोटर, चामल, माछा र किराना समान तस्करीे गरी अवैध रूपमा नेपाल भित्रीने गरेको प्रमाण समेत प्राप्त भएको छ । यता प्रसौनी, अमरपट्टी, अलौं, जानकीटोला सीमानाकाबाट कुखुराको चल्ला, राजनिवास र रजनीगन्धाको ठुलो मात्रामा प्रहरीकै संरक्षणमा तस्करी भईरहेको स्रोतले जनाएको छ । यसैगरी तस्करहरुले भारतबाट नेपालतर्फ गहुँ, धान, मोबिल, सिल प्याक मदिरा तथा घरेलु मदिरा सहितको ब्यापक तस्करी प्रसौनी र अमरपटी सीमानाकाबाट गरीरहेका छन ।
भारतबाट प्याज नेपाल भित्रियाउन प्रति बोरा ५०० रुपैया सम्म बचत हुनेगरेकोले तस्करहरुबाट प्रहरीले बोरामा ८० देखि १०० सम्म्को दरले दिनहु एकजनासंग १० देखी १५ हजारसम्मको नजराना उठाउने गरिरहेको स्रोतको दावी छ । सिउवान टोला र अलौंका भारतबाट अबैध तरिकाले नेपाल भित्रियाउने कारोवारी दर्जनौं रहेको हुनाले दिनहु लाखौं रकम प्रहरीले आफु उठाएर राजस्व छली गरिरहेको पुष्टी हुन्छ ।
स्रोतका अनुसार तस्करहरुबाट लाईन खुलाउन पहिला नै सशस्त्र प्रहरीका ठुला हाकीमहरुले नजरानाको रुपमा मोटो रकम बुझदै आएका छन । तस्करहरुले सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यको महिनवारी बाँध्ने र उनकै ग्रीन सिग्नलमा तस्करीले तिब्रता लिएको नाम नबताउने सर्तमा एक जना प्रहरीले जनकारी दिए । स्रोतका अनुसार सशस्त्रका एसपीलाई महिनाको लाखौं रुपैयाँ बुझाएर तस्करले पिकअप, मोटरसाईकल, भरीयाको माध्यमबाट समानको सुरक्षित रूपमा तस्करी गर्दै आइरहेको स्रोतकोे दावी छ । यति मात्र होईन वीरगञ्ज भंसार कार्यालय (आइसीपी) परिसरलाई प्रयोग गरेर तस्करहरूले जस्तोसुकैे माल सामान भएपनि मूख्य भन्सारबाट ट्रकको ट्रक नेपाल भित्रिने गरेको माघ महिनामा बारा प्रहरीले पटक पटक गरी नियन्त्रणमा लिएको करोडौं रकम बराबरको माल समानले प्रमाणीत गरिदिएको छ । बारा प्रहरीले भारतबाट ल्याईएको बीरगन्ज देखी हेथौडा, काठमाडौं, बिराटनगर, राजबिराज, बिर्तामोड तर्फ जादैं गरेको करोडौं रकम बराबरको माल समान सहित ट्रक नियन्त्रणमा लिएको छ । हालैे बारा प्रहरीले बिरगन्ज देखी पथलैया र हेथौडा तर्फ जादैं गरेको करीव ३४ लाख मुल्य बराबरको किराना समान र प्याज बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । यसैगरी गत हप्ता करीव २५ लाख बराबरको खुद्रा समान, माघ १६ गते ४२ लाख, माघ १३ गते २१ लाख, माघ १० गते करीब २९ लाख बराबरको खुद्रा समान, माघ ४ गते १३ वटा ट्रक करीब ९७ लाख बराबरको मल खाद र माघ २ गते फर्नीचर र कपडा गरेर करीब ६ लाख बराबरको समान नियन्त्रणमा लिएको थियो ।
पर्साबाट खुलियाम प्रहरीकै सेटिङ्गमा तस्करीको सामाचार बिभिन्न पत्रपत्रिका र अनलाईनमा सम्प्रेषण हुदाँ सशस्त्र र जनपदका प्रमुखहरुले आफु बेखबर रहेको देखाउछन ।
पर्साको सदरमुकामको कुरा गर्दा भन्सार, तिलावे पुल, बहुअरी चौक, पावर हाउस, गण्डक सम्म दर्जनौं प्रहरीहरु डियुटीमा खटेका हुन्छन । जिल्लामा बिशेष अपराध अनुसन्धान तथा अबैध कारोबार नियन्त्रण गर्न टाईगर टोली, घुमुवा, क्राईमका घुमुवाहरु समेत छुटै खटाईएको छ , तर यती प्रहरी हुदाँ पनि ट्रकको ट्रक तस्करी हुनु र छिमेकी जिल्लाका प्रहरीहरुले बारम्बार ट्रक नियन्त्रणमा लिनु पर्सा प्रहरीको लागी लाजमर्दो रहेको देखिएको छ । बिल बिजक नभएको समानहरु निकै ठूलो परिमाणमा पक्राउ गरि राजस्वमा दाखिला हुनु्ले नियन्त्रणको जिम्मा लिएको निकाय रकमी खेलमा चुर्लुम्मै डुबेको कुरालाई स्वतह अनुमान लगाउन सकिन्छ ।
यता बीरगन्जका मुख्य नाका तथा ग्रामीण भेगका नाकामा खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले आम सर्वसधारणले घरायसी परियोजनको लागी ल्याउने थोरै समानलाई रोकेरे बिभिन्न किसिमको केरकार गर्ने गरेका हुन्छन, लाग्छ कुनै ठुलो अपराधी भेटियो । तर यसरी खुलियाम रुपमा तस्करी हुनु पर्साका सु्रक्षा निकाएका प्रमुखहरुको असक्षमतालाई पु्ष्टी गरिदिएको छ । यस्ता गतिबिधीले सुरक्षा निकायसंग जनताले के अपेक्षा गर्छन ? यसको अतिरक्त अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीको अहम भूमिका हुने गरे पनि त्यसमा समेत कुनै पनि प्रकारको उल्लेख्य सफलता प्राप्त ह्ुन नसक्नुलाई पनि अनेक खालको अनुमान लगाउँदै पर्सामा जुन कुनै पनि सेवा मूलक कार्यालयको जो कोही पनि हाकिम बनेर आएपनि उनीहरुको अभिष्ट भने मुद्रा मोचन हो भन्ने कुराको पुरानो परम्परालाई बर्तमान गतिबिधीले प्रमाणित गरेको छ ।