बिरगंज माघ २१
पर्सा, बारा र भारतको सिमानको रुपमा रहेको बलिरामपुर बाट व्यापक तसकरी भएको गुनासो स्थानियले गरेका छन ।
बलिरामपुरको मुसहार्वा नाका बाट भारतको रक्सैल सिमा बाट सहजै पर्सा र बाराको नाका हुँदै बिभिन्न ब्यपारिक नगरी जितपुर , परवानिपुर , सिमरा नारायणघाट हुँदै देसका विभिन्न भागमा तसकरी हुँदै आएको स्थानियले आरोप लगाएका हुन ।
श्रोतका अनुसार बलिरामपुरका कुख्यात तस्करहरु पवन गुप्ताले धान , सन्तोष साह तुराहा ,सुरेन्द्र साह , अनौती लाल महतो , लाल बाबू महतो , नरेस दास , राजेस साह तुराहा हरुले कपडा तस्करी , उमेस पटेल र लक्षमन साह माछा को तस्करी सन्चालन गर्दै छन भने सम्भु साह र प्रदिप साहले फुलको तस्करी गर्दै आएका छन ।
त्यसै गरि मुसहार्वा नाका बाट सकिल अहमद , सुरेन्द्र साह कलवारले प्याजको व्यापक तस्करी गर्दै आएका छन ।
माथी उल्लेखित सम्पुर्ण तसकरहरुले नाकामा सुरक्षा र सान्ती ब्यवस्थापनको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक सिवजी प्रसाद यादवले मासिक लाखौ रकम असुल गरि तस्करहरु लाई कपडाको लागि राती १० बजे पछि लाइन दिएका छन भने धान , माछा र फुलको लाइन बिहान ४ बजे देखि सन्चालन गर्दै आएको नाम नबताउने सर्तमा एक सस्त्रप्रहरीले बताएका छन ।
नेपाल प्रहरिका नायब निरीक्षक सिवजी यादवलाई तस्करहरुले नजराना बुझाउदा माल समाउने डर प्रकट गर्दा सिवजिले आफुले प्रदेश देखि जिल्ला सम्म सबै सेटिग गरिसकेको र तपाइहरुको माल कुनै हालतमा कसैले नसमाउने बिस्वस्त गरेका थिए । तर सिमा प्रहरी बल पर्साले तस्कर अनौती लालले तस्करी गरि ल्याएको करिब ३६ लाख ३९ हजार ९ सय बराबरको बिभिन कस्मेटिक तथा चप्पल सहितको समान गत १६ गते पर्साको भुटन देबि बाट पक्राउ गरे थियो ।
सिमा प्रहरी बलले ठूलो परिणामको माल समान पक्राउ गर्दा एक दिनको लागि लाइन रोकेको थिए र अफुले जनपत प्रहरिको जिम्मा मात्र लिएको र सस्त्रप्रहरी लाई पनि मिलाउने भन्दै शस्त्रप्रहरिको नाममा रकम असुल गरेर पुनः लाइन बिहिबार बिहान देखि सन्चालन गरेको श्राेतले दाबी गरेको छ् ।
यस बिसयमा प्रहरी नायाब निरीक्षकको मोबाइल नम्बर ९८६४११४८८० मा सम्पर्क गरि प्रतिक्रिया लिदा आफुहरु लाई यस विषयमा केही थाहा नभएको भन्दै फोन काटेका थिए ।
उनले यस्तो प्रतिक्रिया दिदा पनि दिनहु जसो सस्त्रप्रहरिले उनको एरिया बाट लाखौ र हजारौको माल समान बरामद गर्नु लाई सहजै उनको भनाइ र गराई लाई छुटयाउन सक्छन ।
बारा र पर्साका एसपी र प्रदेस प्रमुखको नाम सिमामा बेच्दै मासिक लाखौ रकम तस्करबाट खाने प्रहरी सिवजि लाई बिभागले कस्तो छान बिन गर्ने हो भन्ने हेर्न बाकी छ ।