बिरगंज माघ २०
राहुल गुप्ता
नेपाली कांग्रेस पर्साले आज समुदायमा कांग्रेस कार्यक्रम अंतरगत कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको गर्न नेपाली कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए। सुशील कोइरालाको पालामा लागुभएको सविधान शेर बहादुरको नेतृत्व हुदौ लागू हुँदै आएको बताए । यो अभियानले पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिन मद्धत गर्ने उनले बताए ।
अहिले देशमा आर्थिक संकट रहेको तथा मधेस प्रदेशमा यसको सरर बडि परेको बताए । मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास कांग्रेसले गर्ने उनले प्रष्ट पारे। 'कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पुरा गर्छन्। तर, त्यही निर्माण व्यवसायीहरू नेपालमा किन गर्न सक्दैनन्,'उनले भने।
सविधानसभा सदस्य अनिल रुङ्टाले यस अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्नेदेखि नेपाली कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरि पार्टीलाई थप मजबुत बनाउने बताए ।
त्यस्तै नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ले समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ ले नेपाली कांग्रेस लाई थप मजबुत बनाउने बताए । स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिनका लागि यो अभियान निकै नै प्रभावकारी हुने दाबी उनले दाबी समेत गरे ।
आज भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव एवम बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको सहयोग मा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढीले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
आज भएको कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका महामन्त्री गगन थापा ,सहमहामन्त्री बद्री पाण्डे , केन्द्रिय सदस्य एवम सांंसद अजय चौरसिया , संविधान सभा सदस्य अनिल रुङ्टा , केन्द्रिय सदस्य किरण यादव , अजय शिवकोटि , प्रदेश सभा सदस्य शंकर चौधरी , श्याम पटेल , जिल्ला सचिव दिनेश चौधरी , सह सचिव मदन यादव , नवीन सिहं लगायत नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियार,युवा नेता धिरज गुप्ता,कन्चन झा तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो।