माघ १९, वीरगन्ज
विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी वीरगन्जमा १००० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्याली निकालेको छ ।
शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश, परिक्षा, परिणाम, पात्राे , पाठ्यक्रम जस्ता विषयहरूकाे सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्याली निकालिएको परिषद्ले जनाएको छ ।
र्यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव, कविराज न्याैपाने, केन्द्रीय सदस्य, घनश्याम नायक, प्रदेश अध्यक्ष सुस्मा तिवारी, प्रदेश सहसचिव अभिशेषक ठाकुर, विद्यार्थी नेता प्रभावकर चाैरसीया लगायतले विशेष सम्बाेधन गरेका थिए ।
शिक्षाको दबाब र्यालीमा वीरगंजका विभिन्न शिक्षण संस्थाहरुबाट करिब १००० जना विद्यार्थीहरूकाे सहभागीता रहेको परिषद्ले बताएकाे छ ।
विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारकाे लागि विद्यार्थी दबाब र्याली गरेको र याे देशकाे प्रमुख शहरहरूमा पनि गर्ने बृहत् दबाब एवम् आन्दोलनकाे गतिविधि अगाडि बढाउने विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपानेले बताएका छन् ।
वर्तमान नेपाली शिक्षा नीतिमा नेपालको माटो अनुकुल भन्दा पनि विदेशी विचार शिक्षापद्धति र शिक्षा नीतिको प्रभाव रहेको देखिन्छ, जुन नेपाल समग्र शिक्षा, समाज र राष्ट्रको लागि हानिकारक बन्दै गइरहेको छ, त्यसैले शिक्षामा राष्ट्र अनुकुलको नीति बनाउन आवश्यक देखिन्छ ।
२.) संविधानको मौलिक हकले आधारभूत र माध्यमिक तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसकिरहेकोले कार्यान्वयन गर्ने वातावरण बनाउन आवश्यक देखिन्छ ।
विद्यार्थी परिषद्ले यी निम्न मागहरू राखि आफ्नो शैक्षिक अभियान सञ्चालन गरिरहेको छ ।
१.) वर्तमान नेपाली शिक्षा नीतिमा नेपालको माटो अनुकुल भन्दा पनि विदेशी विचार शिक्षापद्धति र शिक्षा नीतिको प्रभाव रहेको देखिन्छ, जुन नेपाल समग्र शिक्षा, समाज र राष्ट्रको लागि हानिकारक बन्दै गइरहेको छ, त्यसैले शिक्षामा राष्ट्र अनुकुलको नीति बनाउनु पर्ने ।
२.) संविधानको मौलिक हकले आधारभूत र माध्यमिक तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसकिरहेकोले कार्यान्वयन गर्ने वातावरण बनाउन आवश्यक रहेको ।
३.) शिक्षामा वैदेशिक लगानीको अन्त्य गर्दै कूल बजेटको २० प्रतिशत बजेट विनियोजन तथा लगानी सुनिश्चित गरियोस् ।
४.) विश्वविद्यालयमा प्राध्यापक नियुक्तिका लागि अनिवार्य रूपमा योग्यता परीक्षा उतीर्ण ( NET) गर्नुपर्ने नीतिलाई यथाशीघ्र कार्यान्वयन गर्नु पर्ने।
५.) नेपालमा अनुमतिबिना र नियम विपरीत चलिरहेको विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूको अनुगमन तथा खारेजी प्रक्रियालाई तुरुन्त अगाडि बढाउनु पर्ने ।
६.) हरेक विद्यालय र विश्वविद्यालयको एकीकृत शैक्षिक पात्रो निर्माण गरी शैक्षिक पात्रोमा अतिरिक्त क्रियाकलाप अनिवार्य रूपमा समावेश गरिनु पर्ने ।
७.) विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्दै प्राज्ञिकता तथा बौद्धिकताका आधारमा कुलपति नियुक्त गर्ने नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने
८.) विश्वविद्यालयका पदाधिकारी एवम् कर्मचारीसँगै शिक्षा क्षेत्रको सबै स्तरमा हुने नियुक्तिमा दलीय राजनीतिको प्रभाव, हस्तक्षेप र भागबण्डाको अन्त्य गर्दै क्षमतावान् व्यक्तिलाई स्वच्छ प्रतिस्पर्धा मार्फत् नियुक्ति गर्ने पद्धतिको विकास गर्ने ।
९.) विद्यार्थी भर्नादर, उतीर्ण र सिकाइको विश्लेषण गर्दै वर्तमान समयको हाम्रो पाठ्यक्रम, मूल्याङ्कन पद्धति र शिक्षण विधिलाई परिमार्जन गर्ने ।
१०.) मौलिक कुराको सिकाईमा विशेष जोड दिँदै मातृभाषा वा नेपाली भाषामा माटो सुहाउँदो पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गराउने र सबै स्तरका परीक्षामा प्रश्नपत्र नेपाली भाषामा पनि सोध्ने पद्धतिको विकास यथाशीघ्र गर्ने।
११.) सबै तहका पाठ्यक्रममा नेपाली भाषा, संस्कृति, भूगोल, इतिहास, जीवन पद्धति, मानवीय मूल्य, महापुरुषको जीवनी र नागरिक शिक्षा, अर्थतन्त्रका आधार कृषि, पर्यटन जस्ता विषयहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने
१२.) राज्यले विद्यालयलाई दिने दरवन्दी तथा स्रोतको विभाजन भूगोल, विद्यार्थी संख्या र परिस्थितिका आधारमा सुनिश्चित गर्दै संख्या कम हुँदै गएका विद्यालय समायोजनको प्रक्रिया यथाशीघ्र अगाडी बढाउनु पर्ने लगायतका महत्त्वपूर्ण मागहरू राखि शैक्षिक अभियान सञ्चालन गरिरहेकाे छ ।