काठमाडाैं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित ८ जना विरुद्ध बुधबार विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेले उद्याेगकाे 'भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको देखिएकाे अख्तियारले जनाएकाे छ ।
अख्तियारका अनुसार विना अध्ययन र औचित्य समेत यकिन नगरी तथा लागत अनुमान समेत नबनाई उपयोग नहुने सामग्री खरिद गरेको अख्तियारकाे अनुसन्धानबाट खुलेकाे छ ।
सामान खरिदपछि गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरि निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थन समेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १ सय ६० किलाेवाटको भीएफडी प्यानले ५ वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रूपमा बढी सामान खरिद गरेको पाइएको छ ।
आरोपीहरुविरुद्ध २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।