वीरगन्ज, माघ ५
प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
युनिक ट्रेड लिन्क प्रा लि आदर्शनगरको प्राङ्गणमा आज सम्पन्न रक्तदान कार्यक्रममा ४ महिला सहित ७० जनाले रक्तदान गरेका छन ।
कार्यक्रममा दिब्या मल्लिक , मन्जिता चौधरी ,खुश्बु गुप्ता,लाजना श्रेष्ठ , कन्हैया पाण्डे,उपेन्द्र गौरो,दिवाकर कुमार,उदय कुश्वाहा,सन्दिप ठाकुर,प्रभात रन्जन,रोहित पासवान,बौवालाल पटेल लगायतकाले रक्तदान गरेका थिए ।
कार्यक्रम नेपाल औषधि ब्यवसायी संघका केन्द्रिय अध्यक्ष एवं स्व।प्रदिप खण्डेलवालका दाजु बरिष्ठ समाजसेवी प्रकाश खण्डेलवालको अध्यक्षता एवं औषधि ब्यवस्था बिभाग वीरगन्जका प्रमुख किरण बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उधोग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानि , औषधि व्यवस्था बिभाग वीरगन्जका सहायक प्रमुख मुकुन्द पन्जियार , पब्लिक एफ एम का कार्यक्रम संचालक एवं वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डेय, ट्रस्टका अध्यक्ष पुष्पा देवि खण्डेलवाल , राहुल खण्डेलवाल ,सिमा खण्डेलवाल लगायत सन्चारकर्मीहरु, युनिक ट्रेड लिन्क प्रा लि , भास्कर फर्मास्युटिकल्स ,राहुल फर्मास्युटिकल्स, केडिया इन्टरप्राइजेज, फेयर डिल मेडिकल का प्रतिनिधि कर्मचारिहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी बज्राचार्यले रक्तदान नै जिवनदान भएकोले हामिसबैले प्रत्येक ३–३ महिनामा रक्तदान गर्नु पर्दछ । हाम्रो समाज असल बनाउन कर्पोरेट जगतले सहयोग गर्न जरुरी रहेकोमा जोड दिदै ट्रस्टले गरेको कार्यको प्रसंशा पनि गरेका थिए ।
सो कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष खण्डेलवालले गर्नु भएको थियो भने सहजीकरण दिव्या मल्लिकले गरेका थिए । सो कार्यक्रममा रक्तदाताहरु लाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।