वीरगंज,बैशाख १३
पर्सामा पछिल्लो समयमा कोरोना संक्रमितको उपचारका लागि बेड अभाव भएको छ । नारायणी अस्पतालको आकस्मिक विभागको एउटै बेडमा तीन–तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ ।
नारायणी अस्पतालको आकस्मिक कक्षमा सञ्चालित आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित । तस्बिर सौजन्य स् डा।निरज सिंह
संक्रमित उपचारका लागि नारायणी अस्पतालले आकस्मिक विभागको एकापट्टि आइसोलेसन वार्ड र अर्कोपट्टि आकस्मिक कक्ष सञ्चालनमा ल्याएको थियो । तर, अहिले संक्रमित संख्या बढेपछि आकस्मिक कक्षमा आएका कोरोना शंकास्पदलाई पनि संक्रमितसँगै राखेर उपचार थालिएको छ ।
नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। निरजकुमार सिंहका अनुसार वीरगन्जको अवस्था भयावह भइसकेको छ । ‘दिनदिनै नयाँनयाँ सिकिस्त बिरामी अस्पताल आइरहेका छन्,’ कान्तिपुरसँग डा। सिंहले भने, ‘मान्छेको आवागमन रोक्न ढिला भइसक्यो । वीरगन्ज र आसपासका क्षेत्रमा लकडाउन लगाउन जरुरी छ ।’
डा। सिंहका अनुसार एक रातमा ठूल्ठूला ५० वटा अक्सिजन सिलिन्डर सकिइरहेको छ । ‘होम आइसोलेसनमा रहेका संक्रमित र तिनका परिवारले फोन गरी अक्सिजन लेभल तल गयो, अस्पतालमा बेड मिलाइदिनु पर्यो भनिरहेका छन्,’ आकस्मिक कक्ष बाहिर भेटिएका डा। सिंहले भने, ‘सरकारी अस्पतालको आइसोलेसन वार्ड मात्र हैन्, निजी अस्पतालका बेड समेत भरिएका छन् । मैले कहाँ र कसरी बेड मिलाउँ ।’
अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासका अनुसार नारायणीको आइसोलेसनमा ४९ जना संक्रमितको उपचार भइरहेको छ । ‘भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिइरहेका छौँ,’ उनले भने, ‘लक्षण नभएका र सिकिस्त नरहेका संक्रमितलाई राखेका छैनौँ ।’ सिकिस्त बिरामी आउने क्रम बढेपछि अस्पतालले थप ४८ शय्याको आइसोलेसन वार्ड बनाएको छ । डा। दासका अनुसार सोमबार साँझसम्म ४८ शय्याको नयाँ आइसोलेसन वार्ड सञ्चालनमा आइसक्ने छ । ‘नयाँ वार्ड सञ्चालनमा आएसँगै हामीलाई जनशक्तिको अभाव हुनेवाला छ,’ कान्तिपुरसँग डा। दासले भने, ‘जिल्ला संकट व्यवस्थापन केन्द्रले जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।’ उनका अनुसार यही दरमा संक्रमण बढे दुईरतीन दिन भित्रै पुनस् शय्याको अभाव हुनेछ ।
गत चैत २९ मा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०ले जिल्लास्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरु कोभिडको उपचारका लागि पर्याप्त नभएमा नेसनल मेडिकल कलेजले व्यवस्थापन गरेको कोभिड १९ अस्थायी बाबा अस्पताललाई पुनस् सुरु गराउन आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको दुई साता बितिसक्दा पनि बाबा अस्पताललाई पुनस् सुरु गराउन सकिएको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिसकेको बताउँछन् । ‘हामीले यताबाट पत्राचार गरिसकेका छौँ,’ उनले भने, ‘उताबाट हालसम्म कुनै जानकारी आएको छैन ।’
कान्तिपुर