वीरगन्जः सनलाईट ईङ्गलिश सेकेण्ड्री स्कुलले आज कक्षा ११ का विद्यार्थीहरुको लागि स्वागत तथा प्रोत्साहन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाको अध्यक्षतामा र वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित रहेको सनलाईट स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको शैक्षिक स्तर तथा व्यक्तित्व विकासका लागि ‘इलिभेट एण्ड एलेभेन्थ्स’ कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमा प्रमुख अतिथि कर्णले सिकाइलाई प्रमुख बनाएर विद्यार्थीहरुलाई अगाडि बढ्न आवश्यक रहेको बताए । उनले जिवनमा सफल नागरिक बन्न विद्यार्थीहरुलाई पाठ्यक्रमको अध्ययन भन्दा पनि बाहिरी ज्ञान र सीपको अध्ययन गर्न सुझाव दिए । उनले विद्यार्थीहरुका लागीे यो समय चौतर्फी आफ्नो विकास गर्ने समय रहेकोले आफ्नो भबिस्यलाई बनाउन अनुशासित एवंम लगनसिल भै अध्ययन गर्नु पर्ने कुरामा जोड दिन आग्रह समेत गरेका थिए ।
सो अवसरमा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, विद्यालयका निर्देशक दिनेश साह, विद्यार्थी कल्याण शाखाका कोअर्डिनेटर शिवम साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका स्किल म्यानेजर मनिष चालिसेले सञ्चालन गरेको कार्यक्रममा सनलाईट स्कुलका सञ्चालक समितिका निर्देशक उमेश साह, धनञ्जय चौरसिया, सहजकर्ता राजेश साह लगायत शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका संगितका शिक्षक तथा गायक छोटु राजा र विद्यालयका विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रम प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि तथा सञ्चारकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको विद्यालयका राजन चौरसियाले जानकारी दिए ।