वीरगन्ज, मंसिर १५
वीरगंज महानगरपालिका वडा नम्बर १० स्थीत रानीघाटमा रहेको शिवम बचत तथा क्रण शहकारी संस्था लिमिटेडको शुक्रवार १३औ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शिवजी प्रसाद गुुुप्ताको अध्यक्षतामा र नेपाल बचत तथा क्रण केन्द्रिय शहकारी संस्थाका संचालक हरेराम प्रसाद पटेलको प्रमुख अतिथ्यमा सभा सम्पन्न भएको हो । सभाको उदघाटन सत्रमा संस्थाका अध्यक्ष गुप्ताले वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदन प्रस्तुत गरेसंगै यस वर्ष मात्र संस्थाले चार करोड मुनाफा कमाउन सफल भएको बताए । उनले यस संस्थाले आ.व २०७९।८० मा कुल आम्दामी ११ करोड ५० लाख ५३ हजार कमाउन सफल भएको र सो मध्ये संस्थाले कुल नाफा ४ करोड ५१ लाख ३९ हजार गरेको जनकारी दिए । सो अवसरमा प्रमुख अतिथि पटेलले संस्थाले मात्र यस वर्ष चार करोड मुनाफा कमाउन सफल भएकोमा बधाई दिदैं बीरगंजमा सबैभन्दा उत्कृष्ट सहकारीको रुपमा अहिले शिवम बचत रहेको बताए । उनले सहकारीले अपनाउनु पर्ने निति तर्जुमा अपनाएर अगाडी बढकोे जसले गर्दा यस सहकारीमा बचत गर्ने बचत कर्ताहरु भाग्यमानी भएको बताउदै आगामी दिनमा पनि यो भन्दा राम्रो काम गरेर अगाडी बढन सुझाव समेत दिएका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खण्डका, नेपाल कलवार कल्याण महासंघका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता, सिएमसि क्लब पर्साका अध्यक्ष एवम् गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक रविभुषण श्रीवास्तव, दिपक राज भन्डारी राष्ट्रिय सहकारी बैंकका संजय महतो, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाले उत्कृष्ट ऋणहरुको रुपमा रहेका जमिला खातुन, सुरस्ती देवी, चम्चा देवी, विशनाथ पण्डित, रहमणनी खातुन लगायतलाई नगदसहित शिवम बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट ऋणीको प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
बिन्दबासिनी होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बीरगंज कलेजमा अध्यापन कक्षा ११ का विद्यार्थीहरु रोजिना चौधरी, करिशमा चौधरी, स्नेहा गौरो, सुस्मिता पटेलले संस्कृतिक काला प्रस्तुत गरेरी थिईन भने कार्यक्रमको संचालन संस्था लेखा प्रमुख डिके जैसवालले गरेका थिए ।