वीरगञ्ज, मंसिर १४
पर्साको सिमानाका हुने तस्करीमा सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करीको लाईन दिएको खुलेको छ । पछिल्लो समय पर्सामा विभिन्न नाका भएर खुल्लेयाम तस्करी भईरहेको पाएको छ । स्रोतका अनुसार सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापाको संरक्षण पर्साको ग्रामिण नाकाबाट तस्करी भईरहेको पाएको छ ।
डिएसपी थापाले अलौ, अमरपर्टी ,प्रसौनी नाकाबाट तस्करीको लाईन दिएको खुलासा भएको छ । ति नाकाबाट विहान, दिउँसो र रातीको समयमा लत्ताकपडा, कवाडी, पेट्रोल–डिजेल र रक्सीको व्यापक तस्करी भईरहेको छ । तर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन छन् । स्रोतका अनुसार थापाले यस्ता गतिविधि बाट मासिक रुपमा नजराना लिदै आएको पनि तथ्य उजागर भएको छ ।
प्रहरीकै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो । डिएसपी थापाले ती नाकामा रहेका सशस्त्र प्रहरी बल बिओपीका प्रमुखहरुलाई मौन बस्ने लागाएको प्रहरी स्रोतले बताएको छ । तस्करहरूले बीओपीमार्फत् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापालाई रकम खुवाएका कारण सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन बस्ने गरेका छन् । सशस्त्र प्रहरी बल अमरपर्टी बिओपीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक धुर्ब राज पंडीत मार्फत डिएसपी थापाले लाखौं रुपैयाको महिनवारी बुझने गरेको एक व्यापारीले बताएका छन । जिल्लाका ग्रामीण नाकाका तस्करहरुले अमरपर्टी बिओपीका प्रमुख पंडीतलाई महिनवारी बुझउछन् भने प्रमुख पंडीतले डिएसपी थापामार्फत सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक कर्माचार्यसम्म मासिकरूपमा संकलन भएको अवैध रकम पुग्ने गरेको छ ।
पर्साको अलौ नाकाबाट हाडयेवर, कबाड, काजु, हड्डीको धुलो, कास्मेटीक सामानहरु, चिनी, प्याज, राजनिगन्धा, पान पराग लगाएतको सामानहरुको ठुलो मात्रा तस्करी भईरहेको छ। बारवा,झौवा र अमरपर्टी नाकाबाट लत्ताकपडा,कानु किसमिस,छोहडा,मटर र व्यापक रुपमा धान र कुखुराको चल्ला तस्करी हुदै आएको स्थानियहरुले बताएका छन । यता प्रसैनी छोटी भन्सार नाकाबाट राँगा–भौसी , खसी बोकाको तस्करीको डिएसपी थापाको निर्देशमा लाईन दिएको स्रोतले जनाएको छ ।
सिमा नाकामा जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै मिलोमतोमा खुल्लेयाम तस्करी भईरहेको छ । सशस्त्र प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको छ । प्रहरी कै संरक्षणमा पर्साको विभिन्न नाका भएर खुल्लेयाम हुण्डी, सुन–चाँदी, मरिच, केराउ, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन । यता सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले तस्करी बन्द रहेको बताए ।