काठमाण्डौ, मंसिर ७
नेकपा एमालेको युवा–विद्यार्थी विशेष कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहिवार एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा काठमाडौंको तिनकुनेमा विशाल प्रदर्शनसहित कार्यक्रम सम्पन्न भएको हो ।
युवा संघ र अनेरास्ववियु द्धारा सरकारको बेथिति विरुद्ध काठमाडौंको तिनकुनेमा सम्पन्न विशाल प्रदर्शन कार्यक्रममा एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडार्वग (ओबिसी) महासंघको सक्रिय सहभागीता रहेको थियो ।
युवा–विद्यार्थी विशेष कार्यक्रम नाम दिइएको सो कार्यक्रमलाई एमालेका युवा नेता महेश बस्नेत, भानुभक्त ढकाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
तिनकुनेमा कोणसभा गर्नुअघि काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट युवा–विद्यार्थीको विशाल ¥याली समेत निकालिएको थियो । ¥यालीकै क्रममा दुर्गा प्रसाईंको समूहले बल्खुमा युवा संघमाथि ढुंगामुढा प्रहार गरेको थियो । तर युवा संघले संयमित भएर कार्यक्रम अगाडि बढायो । कार्यक्रममा हजारौंको संख्यामा एमाले, युवा संघ, अनेरास्ववियु, पिछडार्वग (ओबिसी) महासंघ लगायत अनेमसंघको नेता–कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
नेता–कार्यकर्ता र शुभचिन्तकहरुले पार्टीको झण्डा, युवा संघ र अनेरास्ववियुको झण्डा र राष्ट्रिय झण्डासहित सरकारका बेथितिविरुद्ध नारा लगाएका थिए । उनीहरूले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरू समेत बोकेका थिए ।