वीरगंज ः वीरगन्जको मुख्य नाका ईनर्वा भन्सारबाट पुनः तस्करी शुरु भएको छ ।
सीमानाकामा तैनाथ सुरक्षाकर्मीकै संरक्षणमा तस्करी शुरु भएको हो । तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएको प्रहरी चौकी ईनर्वाको मिलोमतोमा तस्करीको लाईन पुनः संचालनमा आएको स्रोतले जनाएको छ ।भन्सार नाकाबाट ईनर्वा चौकीका प्रमुख प्रहरी बरिष्ठ सहायक निरीक्षक संतोष केसीको सेटिंगमा खुल्याम तस्करी भईरहेको स्रोतको दावीे छ ।
कुख्यात तस्कर मुख्तार मियाँले बरिष्ठ सई संतोष केसीलाई नजरानाको रुपमा मोटो रकम खुवाएर तस्करीको लाईन पुनः संचालनमा लाएको स्रोतको दाबी छ । यता केही दिन देखी बन्द रहेको भारतीय नागरिक मियाँको लाईन केसीले पुनः संचालनमा लाएका हुन ।
स्रोतका अनुसार तस्कर मुख्तारले मूख्यत भारतबाट नेपालतर्फ कपडाको तस्करी गरिरहेको र नेपालबाट बिहारमा प्रतिबन्धित मदिरा तस्करी गरी लैजाने उनको करोबार हो । तस्कर मुख्तारले बीरगंजको इनर्वा गाउँ, भन्सार पछाडीको बाँसघारीलगायतको क्षेत्र तथा मूख्य भन्सार क्षेत्रबाटै साईकल, मोटरसाईकल, अटोरीक्सा, र पैदल भरियाहरूको माध्यमबाट दिनहु लाखौं राजश्व छलि गरी लताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, रजनीगन्धा, स्पेयर पार्टस लगायतका सामान वीरगंज भित्र्याउने गरेका छन । यता तस्करीको लाईन संचालनमा छैन भनेर देखाउनका लागि ईनरवा प्रहरी चौकीका बरीष्ठ सई केसीको कमाण्डमा दिनहुँ मितेरी पुल देखि रजत जन्ती चौक सम्म चेकजाँचका लागि प्रहरी परिचालन गरिएको भए पनि यिनीहरूले सर्वसाधारणहरूले घरेलु प्रयोजनको लागि सीमावर्ती बजारबाट सामान किनेर ल्याउँदा कुख्यात अपराधी नै प्रवेश गरेजस्तो अनेक केरकार र चेकजाँचको नाममा ढोंग रचाई रहेका छन । तर भरिया तस्करहरूले मुख्तारको माल हो भन्ने बित्तिकै प्रहरीले जान दिने गरेको नाम नबताउने सर्तमा एकजना प्रहरीले जनकारी दिए ।
अहिले चाड पर्वको बेला भन्सार छली तस्करी नियन्त्रणका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा सामानको गलत घोषणा गरी भित्र्याउने क्रम बढेको छ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर पैसाको लोभमा तस्करी गर्नेहरुसँग सेटिङ गरी राजस्व असुलीमा कमि र सबै सरकारी निकायको बदनाम गरिरहेको प्रहरी प्रशासंन माथी आरोप समेत लागेको छ ।
राजश्व चुहावट नियन्त्रण नभई यसैगरी तस्करीकै माध्यमबाट नै समान भित्र्याउन दिइने हो देशको अर्थतन्त्र झन–झन धराशायी हुँदै जानेमा कुनै शंका नरहेको स्पष्ट छ । यस बारे ईनर्वा प्रहरी चौकीका बरीष्ठ सई केसीसंग बुझन खोज्दा सम्र्पक गर्न चाहेन्न ।