बीरगंज २६ असोज
यहाँ रहेको क्यासिनोको गैर काननूनी हर्कतका कारण दिनप्रतिदिन बीरगंज बासीहरुको घरघरमा झगडा शुरु भएको छ । स्थानीय प्रहरी प्रशासनलाई मासिक रुपमा गैर कानूनी काम गर्न दिए बापत नजरनामा अनुबन्धीत गर्नले निर्बाध रुपमा ती क्यासिनोहरुमा नेपाली नागरिकले प्रबेश पाउने गरेका छन र तास खेलेर बिल्लिबाठ भइ घर फर्कने गरेका छन। क्यासिनोबाट हारेर घर फर्किदा झई, झगडा गर्नुले परिवारको सुख शान्ति भंग हुनेगरेको देखिन्छ। क्यासिनोका कारण समाजीक सदभाव समेत खलबलिन थालेको कुरा भुक्तभोगीहरु बताउन थालेका छन । यहाँ रहेको वटा क्यासिनोमा सबैभन्दा निर्बाध रुपमा नेपाली नागरिकले जूवा खेल्ने र सर्वस्स भएर फर्किने गरेको हुनाले यसलाई अबिलम्ब रोक्नु्पर्ने कुरा उठन थालेको छ ।
हालसालै बिवहा भएको एक महिना पनि नबित्दै भारत मोतिहारीका मंतोषले आफ्नो बिवहामा पाएको २० लाख नगद दाइजोबापत पाएको सुन चाँदी, मोटरसाइकल समेत बिक्री गरि किँग्स क्यासिनोमा जुवा खेले र सबै हारे अनि उनी बिक्षिप्त बनी मोतिहारीको रेल्बे लाईनमा आत्महत्या गरे । केही बिमा कम्पनीमा कार्यरत स्थानीय प्रमुख बिल्लीबाठ समेत बने । यो त एउटा सप्ताहमा आएको घटना मात्र हो अन्य थुप्रै ब्यक्तिहरु बिल्लीबाठ बनेको छन र घरघरमा झगडा शुरु हुन थालेकोछ । नेपालमा रहेको कुनै पनि क्यासिनोमा नेपालीहरुलाई प्रबेश गर्न दिइन्न तर त्यहाँ खेल्न जाने मध्ये ७५ प्रतिशत नेपाली नै रहने गरेका छन । यसको प्रमाण केही समय पहिला मात्र संदिप सरावगीले ४९ लाख रुपैयाँ जितेको घटनाले प्रमाणित गरिदिएको छ ।
दिनभरि ज्याला मजदूरी गरेर २ र ४ हजार कमाउने र रातिपर्ने बित्तिकै क्यासिनोमा छिर्ने अनि बिल्लीबाठ बनेर रुँदै घरफर्कने गरेको दृष्य क्यासिनोको गेटमा गएर १० मिनेट उभिने जो कोहीले पनि यस्तो दृष्य प्रशस्तै देख्न पाउँछन । ती क्यासिनोहरुमा तासले खेल खेलाउन नपाउने कानूनी प्रावधान भएता पनि सबैमा तासले नै गेम खेलाउने र यसलाई नियन्त्रण गर्न कुनै निकाए पनि नलाग्नले अधिकार प्राप्त निकाय नै क्यासिनोको चास्नीमा नराम्रोसँग लतपतिएको कुरालाई नकार्न सकिन्न । अझ केही क्यसिनोमा त निर्बाध रुपमा नेपालीलाई छिर्न दिने वातावरण निर्माण गर्न लगाउने शर्तमा राम्रा र नराम्रै एवं संदिग्ध पेशामा लागेकाहरुले समेत लगानी गर्नु र पैसाको बलमा स्थानीय प्रहरी प्रशासान समेत मूकदर्शक बन्नाले अनेक खालको अनुमान लगाउन थालिएको छ ।
होटल लर्डस, भिषवा , क्लार्क, सुरजमा अहिले क्यासिनो संचालनमा आएको छ । ती क्यासिनालेले मासिक रुपमा स्थानीय प्रहरी प्रशासनलाई मासिक रुपमा १० लाख बुझाउने गरेकोले कुनैपनी प्रकारको अनुगमन, नेपाली प्रबेश रोक नभएको समाचार प्राप्त हुन आएको छ । यस बारेमा स्थानीय प्रहरी प्रशासन भने राज्यको ऐन कानूनको दायरालाई सबैले पालना गर्नुपर्ने जिकिर गर्छन तर काम भने रकमको सोझो गर्ने सिवाय केही नभएको कुराको प्रमाणित ब्यवहारले गरेको देखिन्छ । उता क्यासिनोले कुनै पनि प्रकारको इभेन्ट गर्न नपाइने कानूनी ब्यबस्था रहेको भएपनि त्यसलाई समेत खिल्ली उडाएर केही समय पहिला किँग्स क्यासिनोले इभेन्ट गरेको थियो भने फेरि आउँदो महिना अर्को इभेन्टको तयारी हुनु नियमक निकायले रोक नलगाउनुले उनीहरु सबै पैसाको बिटोको कारण पथभ्रष्ट भएको बताइन्छ । सभार चोवाईस खबर
प्रकाशित मितिस् शुक्रबार, असोज २६, २०८० १२ र १४