बीरगंज ११ असोज
नेपालका लागी नेपाली पार्टी पर्सा जिल्ला समितिको आयोजनामा बीरगंजमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन् भएको छ । पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतितत्वमा भएको कार्यक्रममा संगठन विस्तार,भावी योजना,सनातन धर्म संस्कृति रक्षा,हिन्दू राष्ट्र नेपाल, देशद्रोहीको भंडाफोर, भ्रष्टाचार, छुवाछूत,धर्म परिवर्तन, गौ हत्या, लबजिहाद बारे बृहत छलफल गरिएको थियो। बैठकमा समाजमा हुने धार्मिक कार्यमा सक्रिय रुपमा सहभागी हुन सर्कुलेशन जारी गरियो। कार्यक्रममा नेपालका लागी नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराज, केन्द्रीय सचिव तुलसी पौडेल, केन्द्रीय प्रबक्ता अग्नी प्रसाद भुसाल, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह–सचिव रामप्रसाद कुर्मी,कोषाध्यक्ष पारस दुबेदी, प्रबक्ता डा.विकास पटेल,सदस्य विभा साह, सुरेश साह कानू, पर्सा जिल्ला सचिव नवीन मिश्रा, सह–सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, बीरगंज नगर अध्यक्ष धीरज साह, उपाध्यक्ष पिउस गुप्ता,कोषाध्यक्ष मनोज सराफ, प्रबक्ता विनय सिंह, सह सचिव नंदू रौनियार, नगर सदस्यहरु नंदू साह कानू, राजेश बोस, कलैया नगर अध्यक्ष पवन सिंह सहित सहभागी रहेको थियो । सो अवसरमा दुई दर्जन युवाहरू नेपालका लागी नेपाली पार्टीमा प्रवेश गरेका थिए ।