वीरगंज,चैत्र ३१
वडा प्रहरी कार्यालय श्रीपुरको १६ महिने सेवा पछि प्रहरी निरिक्षक दीपक साहको सरुवा भएको छ । कोरोना संक्रमणको बेला प्रहरी निरिक्षक साहले नागरिकको जीवन रक्षाकालागि निर्वाह गरेको भूमिका बीरगंजवासीले सदा स्मरण गर्ने छन ।
निरिक्षक साहको ब्यवसायीक दक्षता र नेपाल प्रहरीको निष्ठा अनुसारको कामका कारण उहाँ सदैब स्मरणमा रहने बीरगंज महानगरपालिका वडा नं ११ का वडाध्यक्ष प्रदुम्न सेढाईले बताउनु भयो ।
निरिक्षक साहको न सुझवुझपूर्ण नेतृत्वका कारण समाजले पनि उहाँलाई सम्मान गरेको छ । सरुवा भई जान लाग्नु भएका निरिक्षक साहको सम्मानमा
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीले कार्यक्रमको आयोजना गर्यो ।
सोमबार श्रीपुरस्थित केन्द्रको कार्यालयमा आयोजित विदाई कार्यर्कम प्रहरी निरीक्षक साहको विदाई गरिएको हो । गत वर्ष मंसिर २९ गते वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा आउनु भएका प्रहरी निरीक्षक साहको प्रहरी प्रधान कार्यालय काठमाडौँस्थित मानव बेचबिखन शाखामा सरुवा भएको छ ।
१६ महिनाको कार्यकालमा निरिक्षक साहले जिल्लावासीको सेवामा निरन्तर इमान्दारिताका साथ काम गरेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । प्रहरी संगठन भित्र भविष्यमा राम्रो स्थानमा पुग्ने सम्भावना भएका साहलाई नेपाल प्रहरी संगठनमा इतिहास रच्नुहोस भँन्दै बीरगंजमा नागरिक अगुवाले शुभेच्छा ब्यक्त गरेका छन ।
कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताको सेवा गरेको बताउँदै अगुवाहरुले आगामी दिन प्रहरी निरिक्षक साहलाई कार्तब्य पथमा ठुलो सफलता मिल्ने बिश्वास समेत ब्यक्त गरेका छन ।
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम कुमार सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष प्रदुम्न सेढाई, केन्द्रका सचिव दिलीप प्रधान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेकपा एमालेका युवा नेता अखलेश साहलगायत स्थानीय अगुवा, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।