वीरगन्ज, भदौ २६
स्व. संबिधान सभा अध्यक्ष सुवाश चन्द्र नेम्वाङ्घको निधन प्रति नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ द्धारा वीरगन्जमा आज श्रद्धाञ्जली अर्पण गरिएकोे छ । नेता नेम्वाङ्घको निधन सोमवार राति १ः५० बजे हृदयघातले भएको थियो । दिवंगत संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ एक मात्रै पात्र हुन्, जो चारपटक सभामुखमा निर्विरोध चयन भएका थिए । उहाँ नेपालको राजनीतिमा एउटा संकथन नै स्थापित छ, ‘सभामुखमा निर्विकल्प सुवास नेम्वाङ रहेका थिए । वीरगन्जको घन्टाघरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता नेम्वाङ्घलाई स्र्वग वास होस र परीवार जनमा सोकाकुल धैर्य धारणको कामना समेत गरिएको थिए ।
नेता नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष एवंम मधेश प्रदेश ईन्चार्ज अकलेश साह, सदस्य किरण गुप्ता, राजेश सिंह, राजन साह कानु, संदिप महतो, प्रदेश कमिटी सदस्य शुभनरायण ठाकुर, पर्सा जिल्ला उपाध्यक्ष एसके चौरसिया, जगमोहन पटेल, कोषाध्यक्ष संतोष पटेल, निर्वाचित वडा सदस्य लालबाबु यादव, सदस्य निपु साह, नगर उपाध्यक्ष राघव पटेल, दयान्नद गुप्ता, सचिव बिवेक गुप्ता, नेता अनिल पटेल लगायतको उपस्थीती रहेको थियो ।