वीरगन्ज,भदौ २४
पर्साको जगरनाथपुर गाउँपालिकामा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम एमालेका जगरनाथपुर गाउँपालिका कमिटी अध्यक्ष तबरेज अंसारीको अध्यक्षतामा र एमालेका केन्द्रिय सचिव एवंम मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा, लोसपा लगायतका पार्टी परित्याग गरी करीब ११ सय नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।
कार्यक्रममा नेता भट्टराईले नव प्रवेशीहरुलाई स्वागत गर्दै एमाले प्रति जनताको आकर्षण हेरेर आफु खुशी लागेको बताए। उनले नेकपा एमाले जनताको पार्टी हो, राष्ट् निर्माणका लागि एमालेको सरकार आवश्यक रहेको जिकिर गरे । उनले पार्टीलाई थप संगठित बनाएर मिसन ८४ लाई बहुमतले सफल बनाउन आग्रह समेत गरेका थिए।
कार्यक्रममा स्थाईकमिटी सदस्य एवंम पर्सा ईन्चार्ज अचुत मैनाली, केन्द्रिय सदस्य प्रभु हजरा, अरबिन्द सिंह, मधेश प्रदेश कमिटी सदस्य जालिम मिया, शम्भु गुप्ता, पर्सा जिल्ला कमिटीका संयोजक बिश्वम्भर शर्मा लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
यसैगरी जान्कीटोलामा नेकपा एमाले पार्टीको क्षेत्रीय सम्र्पक कार्यालयको समुदघाटन भएको छ । कार्यालयको समुदघाटन एमालेका केन्द्रिय सचिव एवंम मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले रिबन काटेर गरेका थिए ।