विरगंज, १९ भदौ
चकलेट तस्करको नामुद मानिने शंकर अग्रवालले नेपालमा दर्जनौं फर्म दर्ता गरी राजस्व चुहावट गर्दै आएका छन्। रामगोपाल अग्रवालको छोरा शंकर अग्रवाल चाहिँ भारतीय नागरिक रहेका छन। उनको भारतकाे रक्सौल डंकन अस्पताल नजिक अन्नपूर्ण मार्ट सञ्चालनमा रहेको छ।
चकलेट तस्कर शंकर अग्रवाल भारतीय रहेपनि आफ्नो भाई रमेश अग्रवालको बिवाह नेपाल भएकोले दर्जनौं फर्महरु सञ्चालन गरी चकलेटको तस्करी सहित फर्महरुको लेखापरीक्षण नगराई राजस्व समेत दोहन गर्दै गरेकाे रहस्य बाहिर आएको छ।
चकलेट तस्कर शंकरले आफ्नो बुहारी श्रीमती मीना अग्रवालको नाममा अनपूर्ण मार्ट, अनपुर्ण मार्केटिङ लागायतका फर्महरु दर्ता गराई कारोबार गर्ने गरेका छन। विरगंज आसपासका कयौ व्यक्तिहरूको नाममा फर्म दर्ता गराई लेखापरीक्षण समेत नगराई नेपाल सरकारको लाखौं लाख राजस्व दोहन गरेका छन। जसको परिणाम स्वरूप राजस्व नतिर्दा राजस्व विभागले गजानन्द सप्लायर्स लगायतको फर्मलाई जरिवाना गरेको थियो।
नेपालको कानुन अनुसार नेपाली छोरीको भारतमा बिवाह भई सकेपछि नेपाली नागरिकता रद हुनुपर्ने प्रावधान रहेको छ। तर चकलेट तस्कर अग्रवालको इशारामा मिनु अग्रवाल नेपाल र भारत दुवै देशको नागरिकता रहेको समेत श्रोतको दाबी रहेको छ। मिनु अग्रवालको नागरिकता छानबिन गर्न सम्बन्धित निकायको ध्यााकर्षण हुन आवश्यक रहेको छ। साथै नागरिकता माथि छानबिन गरी मिनु अग्रवालको नाममा सञ्चालन रहेको सम्पुर्ण चल अचल सम्पति नेपाल सरकारले जप्त गर्न सम्बन्धित नागरिकहरुको मांग रहेको छ।
साथै शंकर अग्रवालले वीरगंज भन्सारको सेटिङमा लाखौं लाख राजस्व चुहावट गर्दा राजस्व विभागले जरिवाना गरी करिब एक वर्ष अगाडि शंकरलाई पक्राउ पुर्जी समेत जारी गरेको स्रोतको दाबी रहेको छ। तर चकलेट तस्कर अग्रवाल पावर/पैसाको बलमा पक्राउ नपरी चकलेटको तस्करी सुचारु नै राखेको पाइन्छ। अग्रवालले सञ्चालन गर्दै आएको पूरानो फर्ममा राजस्व कार्यालयको जरिवाना हुने भएकोले उनले हाल नयाँ फर्म मुकेश एण्ड कुमार इन्टरप्राइजेज फर्मको नाममा कारोबार सुचारु गरी आफ्नो तस्करी कार्यलाई निरन्तरता दिएका छन।
अग्रवालको वीरगंज भन्सार कार्यालयमा आफ्नो सेटिङ मिलाई चकलेटको कन्टेनर नौ महिनामा २५ देखी ३० वटा नेपाल भित्राउने गरेका छन। नेपाल भित्रिएका चकलेटको कन्टेनर कुम्हारटोल र बाइपास रोड वैष्णव देवी मन्दिर नजिक रहेको गोदाममा अनाधिकृत तरिकाले भण्डारण गर्ने गरेको स्रोतको दाबी रहेको छ। साथै स्रोतको अनुसार अग्रवाल आफै लुकी छिपी वीरगंज र रक्सौल आवत जावत गर्ने गरेका छ्न्।
उनले मार्केटिङ्ग गर्न राखेका कर्मचारी सुरेश शर्मा मौका छोपी गोदाममा रहेको चकलेटहरु बजारमा सप्लाई गर्ने गरेका छन। अग्रवालको वीरगंज भन्सार कार्यालयमा अम्बिक फुड प्रोडक्ट्स कवालियरका विभिन्न ब्रान्डका चकलेटहरुको भारत मध्य प्रदेश नम्बरको दुइवटा कन्टेनरहरु रहेको छ। सो कन्टेनरहरु महिनौ देखी वीरगंज भन्सारमा रोकी राख्नुको मूख्य कारण भन्सार सेटिङ गर्नु र सेटिङ हूने बितीकै भित्राउने योजना रहेको स्रोतले जनाएको छ।
चकलेटको नामुद तस्करको नामले चिनिने शंकरले आफू लुकी छिपी वीरगंज रक्सौल घुम्दै आफ्ना मार्केटिङ्ग दूतको रुपमा भारतीय नागरीक सुरेश शर्मालाई राखेका छन्। शर्माले कुम्हारटोल र बाइपास रोड वैष्णव देवी मन्दिर नजिक रहेको गोदाममा अनाधिकृत तरिकाले भण्डारण गरिएका चकलेटहरु मौका छोपी सप्लाई गर्ने गरेको बताइन्छ। यसरी अग्रवालको नेपाल सरकारको लाखौं लाख राजस्व छल्दा र नेपाली व्यक्तिहरूको नाममा फर्म सञ्चालन गरी लेखापरीक्षण नगराई राजस्व नतिरेकोले फर्मको प्रोप्राइटरहरुलाई उठी बास लागेको छ।
पक्राउ पुर्जी जारी भएको तथा चकलेट तस्करको रुपमा नामुद बनेका अग्रवाल पक्राउ नपर्नुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संगठन माथि नै प्रश्न? चिन्ह खडा भएको छ।
स्रोत साभार:- शूभ आरम्भ राष्ट्रीय दैनिक पत्रिकामा २०८०/०५/१९ गतेमा प्रकाशित