वीरगंज,चैत्र २९
कोभिड सड्ढट व्यवस्थापन समिति, पर्साको आइतवार बसेको बैठकले मास्क अनिवार्य लगाउनु पर्ने र र।त्रीकालिन व्यवसाय नौबजेसम्म मात्र संचालन गर्न पाउने निर्णय गरेको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको अध्यक्षतामा बसेको बैठकले सहायक प्रजिअ भीमकान्त पौडेलको संयोजकत्वमा जिल्लाभित्र स्वास्थ्य सम्बन्धी मापदण्डको परिपालना भए÷नभए सम्बन्धी अनुगमनको लागि पाचसदस्य अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । यसैगरी नारायणी अस्पतालमा कोभिडको उपचार पर्याप्त नभएमा नेशनल मेडिकल कलेज कोभिड अस्पताल पुनः सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । पर्सा जिल्लाका सबै स्थानीय तहले वडास्तरमा क्वारेन्टाइनको व्यवस्था गर्ने र भारतलगायत विदेशबाट आएका मानिसहरुलाई अनिवार्यरुपमा १० दिन क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । सरकारी कार्यालय, स्थानीय तह, शपिङमल, उद्योग व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, होटल, धार्मिक स्थललगायत भीडभाड हुने स्थानमा कोरोना सन्दर्भमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न लगाउने, घरबाहिर सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने र मास्क प्रयोग नगर्नेलाई सङ्क्रमण रोग नियन्त्रण ऐन बमोजिम कारबाई गर्ने निर्णय गरेको छ । बैठकमा नगरप्रमुख विजयकुमार सरावगी, नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुर, प्रमुख सेनानी मदनजड्ड राणा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक टीकाप्रसाद पोखरेल, स्वास्थय कार्यालय, पर्साका प्रमुख कामेश्वरप्रसाद चौरसिया, सहायक प्रजिअ भीमकान्त पौडेल, जगरनाथपुर गापाका अध्यक्षहरु जालीम मिया, सुरेशप्रसाद कुर्मी, रामप्रीत महतो, नथुनी प्रसाद, नेपाल रेडक्रस पर्साका सभापति वीरेन्द्रराज कडेल, पत्रकार महासङ्घका श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य सङ्घका अनिलकुमार अग्रवाल, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका डा रमेश मिश्रलगायत सहभागी थिए ।