वीरगन्ज: नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी)महासंघको धनुषा जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन महासंघका केन्द्रीय सचिव चन्द्रप्रकाश यादवको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य एवंम महासंघका केन्द्रीय ईन्चार्ज हरिनारायण महतोको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
ढलकेवर स्थित राधा कृष्णा सेवा सधनको सभा हलमा समपन्न अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसम्मतले ईन्जिनियर सुधिर सिंह चयन भएका छन्। जिल्ला कमिटीको उपाध्यक्षमा शिव कुमार महतो, ब्रहमदेव साह, ईन्द्रजित यादव, सचिव सुर्य देव यादव, सह सचिव बिजय कुमार महतो, कोषाध्यक्ष मनिषा कुमारी यादव, सदस्य बालेशवर भारती, समुन्द्री देवी, जितेन्द्र यादव लगायतका २८ सदस्सीय जिल्ला कमिटी गठन भएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य संतोष यादव, महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष एवंम मधेस प्रदेश ईन्चार्ज अकलेश साह, उप महासचिव धनराज गुप्ता, कोषाध्यक्ष लिला कुशवाहा, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतले धारणा ब्यक्त गरेका थिए। कार्यक्रममा वक्ताहरुले मिसन ८४ लाई प्राथमिकतामा राखेर मधेस प्रदेशको ८औं जिल्लाका पालिका, वडा देखि टोल कमिटी सम्म संगठन बिस्तार गर्न निर्देशन दिएका हुन। पार्टीको जनवर्गीय संगठन भोट बैंकको रुपमा रहेको हुनाले महासंघकालाई थप संगठित ससक्त बनाउन सुझाव समेत दिएका थिए।
कार्यक्रममा महासंघका मधेस प्रदेश कमिटी अध्यक्ष गजेन्द्र पटेल, नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्यहरु, लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।