वीरगंज, चैत्र १३
मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते भएको बिरामीको ज्यान गएपछि आफन्तजनले प्रदर्शन गरेका छन् ।
वीरगन्जमा रहेको तराई अस्पतालका संचालक डा रोशन कुर्मीको गैरजिम्मेवारीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउदै बिहीबार आक्रोशित आफन्तजनले प्रदर्शन गरेका हुन् ।
बिहीबार दिउँसो वीरगंज रामगढवामा ना ३ ख ३९९२ नम्बरको ट्रकले ना ४३ प ५८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हरपतगन्ज निवासी मोटरसाईकल चालक २५ वर्षिय आसिफ प्रसाद यादव र पछाडि सवार रहेका शयामबिहारी यादब गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका यादवलाई थप उपचारका लागि बीरगन्ज पठाइएको थियो ।
उपचारका लागि अस्पताल भर्ना गरिएका यादवलाई सर्जरीपछि एक्सरे गर्नुपर्ने भन्दै अस्पतालका कर्मचारीहरुले पैसा जम्मा गर्न परिवारजनलाई दबाब दिएको मृतकका भाई सरोज यादवले बताए । “मसँग अहिले पैसा छैन, दिउँसो ४ बजेसम्म पैसा जम्मा गरिदिन्छु, उपचार गर्दै गर्नुस” मृतकका भाई सरोजले भने, “सरोजको जवाफ फर्काउदै अस्पतालका कर्मचारीले भने हामीलाई स्कत डा। रोशन कुर्मीको निर्देशन छ पैसा जम्मा नगरे सम्म हामी उपचार गर्दैनौ भने र एक्सरे रुममा भाईलाई छोडदिए ।”
मृतकका भाईका अनुसार पैसा जम्मा नगरेका कारण सबै स्वास्थ्यकर्मीहरुले घाईते भाईलाई एक्सरे रुममा एक्लै छोडिदिएका थिए । एक्सरे रुममा छोडेको केही बेरमै हेर्न जाँदा भाईको मृत्यु भईसकेको उनले जानकारी गराए ।
यता, अस्पतालका डा दिपेश पटेलले सवारी दुर्घटनाबाट विरामीको अवस्था नाजुक भएको र उनको खुट्टा नराम्ररी घस्रिएर रक्तश्राव हुँदा चिकित्सकले प्रयास गर्दागर्दै मृत्यु भएको बताए ।
उनले चिकित्सकहरुले मृत घोषणा गरेपछि परिवारजनले गाउँले र आफन्तजन बोलाएर सुरक्षाकर्मीकै अगाडि तोडफोड गरी क्षति पु¥याएको आरोप लगाए । उनले भने,
‘दुर्घटनामा गम्भीर घाइते थिए, खुट्टा पुरै ताछिएको अवस्थामा ल्याइएको थियो । बढी रगत बगेकोले यादवको मृत्यु भएको हो, यसमा डाक्टरको दोष छैन । तर, परिवारजनले आक्रोशमा आएर चिकित्सक र अस्पतालमाथि गरेको प्रयास दुःखदायी छ ।
पैसा नदिएको कारण उपचारमा ढिलाई गर्दा बिरामीको मृत्यु भएको उनका आफन्तजनहरुको आरोप छ ।