वीरगन्ज, साउन २३
नेकपा एमाले जिल्ला कमिटी पर्सा द्वारा आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
कार्यक्रम नेकपा एमाले पर्सा जिल्ला कमिटीका संयोजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
तराई मधेसमा लामो समय देखि उत्पन्न भएको चापाकल सुकेर पिउने पानीको समेत अभाव भएको र सिंचाइको अभावमा धान रोपाईपनि हुन नसकेकाले यी लगायतका समस्या समाधानको माग राखेर एमाले पर्सा जिल्ला कमिटीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र मार्फत मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी विशेष राहतको व्यावस्था गर्न, पिउने पानीको उचित व्यावस्थापन गर्न , अघोषित लोडसेडिङ अन्त्य गर्न , किसानले पालेका पशु चौपायालाई लम्पिस्किन विरुद्धको खोप उपलब्ध गराउन लगायतको एमाले पर्साले सरकारसंग मांग गरेको छ ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका जलन्धर कुर्मी, मधेस प्रदेश सभा सदस्य बिना शर्मा, पर्सा जिल्ला कमिटीका सदस्य श्याम बन्जारा, ईन्दु घिमिरे, रन्जु फुयाल, वीरगन्ज महानगर कमिटी सचिव सुन्दर कुर्मी, (
ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष एवंम पकाहामैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश साह, केन्द्रीय सदस्य राजेश सिंह, अनेरास्ववियुका नेता पवन यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।