वीरगन्ज,६ चैत
प्रेस चौतारी नेपाल पर्सा शाखाको कार्य समिति बैठक आज सम्पन्न भएको छ । वीरगन्जको आवाज एफएममा बसेको बैठकले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागी उम्मेदवार बनाउने निर्णय गरेको हो । भोली शनिबार एक कार्यक्रमका बिच होटल रोयल पार्टी प्यालेसमा अगामी २५ गते हुने निर्वाचनका लागी उम्मेदवारीे घोषणा हुने बैठकले निर्णय गरेको हो ।
बैठकले प्रेस चौतारीका तर्फबाट अध्यक्ष पदका लागी मात्र उम्मेदवारी सार्वजनिक गर्ने प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघको निर्वाचनमा चौतारी कै उम्मेदवारलाई विजयी बनाउनका लागी कुनै पनि कसर बाँकी नराख्ने निर्णय भएको छ ।
बैठकले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेपछि बिस्तारै सबै पदाधिकारीहरुको उम्मेदवारी घोषणा गर्दै जाने जनाईएको छ । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं संबिधान सभा सदस्य राजकुमार गुप्ता , प्रेस काउन्सीलका सदस्य एवं प्रेस चौतारी नेपाल प्रदेश २ का ईन्चार्ज लालबाबु शेख , बरिष्ठ पत्रकार गया यादव ,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने , प्रेस चौतारी नेपालका पुर्व उपाध्यक्ष महेश दास , केन्द्रिय पार्षद महेश चन्द्र गौतम ,ईजाका केन्द्रिय अध्यक्ष बिजय कुशवाहा , प्रेस मन्चका केन्द्रिय सदस्य त्रिलोकीनाथ यादव , पत्रकार शत्रुघन नेपाल ,प्रताप श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी ,सचिव युवराज खड्का , कोषाध्यक्ष भुषण यादव, सदस्यहरु बिनोद परियार, प्रणय कुमार , जियालाल साह, पुष्पराज शर्मा ,पत्रकार कन्हैया गुप्ता , निरन्जन मिश्र , प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष जितेन्द्र साह , सचिव संजिव मिश्रा , कोषाध्यक्ष सफल खतिवडा , पत्रकार आंशिक अंसारी , तिवारी यादव , राकेश साह , आरोहण साह, एसके चौरसीया ,संजय साह, राजेन्द्र सिंह , उतम खड्की , हरिशंकर शर्मा , नितेश कर्ण , धर्मेन्द्र चौरसीया , संतोस कुमार पटेल , आनन्द पटेल , ग्यासुमियाँ देवान, मनिता रिजाल , रश्मीराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।