वीरगन्ज, असाढ १०
पर्साको जगरनाथपुर गाउँपालिकाको ९ औ गाउँ सभा सम्पन्न भएको छ। गाउँ सभा गाउँपालिका अध्यक्ष श्रीकान्थ यादवको अध्यक्षता र नेपाली काँग्रेसका नेता एवम् प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
आईतबार आयोजित गाउँ सभाबाट पालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४१ करोड ८८ लाख रुपैयाँको अनुमानित आयव्यय सहितको बजेट ल्याएको छ ।
गाउँ सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, धार्मिक स्थल तथा भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले जनकारी दिए। उनले गाउँ सभाबाट बजेटमा शिक्षा तर्फ २ करोड ३५ लाख २० हजार, स्वास्थ्य तर्फ १ करोड १३ लाख, कृषि तर्फ ८५ लाख ५५ हजार, मठमन्दिर तथा मस्जिद जस्ता धार्मिक सम्पदाका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको रायले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, नेपाली काँग्रेसका जिल्ला सहसचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद, , वडाअध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, कर्मचारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।