वीरगन्ज,असाढ ४
नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम पोखरीया नगर अधिवेशन आज सम्पन्न भएको छ । कार्यक्रम यस महासंघका पर्सा जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष संतोष पटेलको अध्यक्ष्ता र महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
नेकपा एमालेको पोखरीया नगर कमिटीको सभाहलमा सम्पन्न अधिवेशनबाट शिवपुजन साहको अध्यक्ष्तामा ३१ सदस्यिय पिछडावर्ग महासंंघको नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्क्षमा शैलेष साह कानु, अमिर्का साह गोढ, सचिवमा गोरख साह तेलि,सह सचिवमा रमेश प्रसाद कुर्मी, केषाध्यक्षमा प्रमा साह कानु, सदस्यहरुमा सुग्रिम पटेल, रामप्रसाद कुशवाहा, बिकेश चौहान लगायतको रहेका हुन ।
कार्यक्रममा संबिधान सभा सदस्य प्रधुमन चौहानले पार्टीको जनसंगठन कार्यकतालाई नेता बनाउने फेक्ट्रीको रुपमा रहेको बताए । पोखरीया नगरपालिकाका नगर प्रमुख समेत रहेका चौहानले पिछडावर्ग महासंघ नेकपा एमाले पार्टीको नयाँ जनसंगठन रहेको हुनाले संगठनमा काम गर्ने र संगठन बलियो बनाउने उदेश्यले कमिटीमा बस्न आग्रह गरे ।
कार्यक्रममा महासंघका केन्द्रिय उपाध्क्ष एवंम मधेश प्रदेश ईन्चार्ज अकलेश साह, केन्द्रिय सदस्य एवम पर्सा ईन्चार्ज राजन साह कानु, नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्य भगवान कुर्मी, राधा साह कानु, महिन्द्र चौहान, जिल्ला समन्वय समिती सदस्य सलिल मिया, नगर अध्यक्ष बिन्धयाचल ठाकुर, सचिव संतोष गिरी, वडा नम्बर २ का वडा अध्यक्ष केदार चौहानलगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।