वीरगन्ज, जेठ २१
शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आज पोखरीया नगरपालिकाको मेयर प्रद्युम्न चौहानलाई १६ बुदें सुझाव सहित ज्ञापन पत्र बुझाएको छ । एनसिई नेपालका पर्सा संयोजक एवं एनजिओसिसि पर्साका महासचिव रामप्रवेश साहको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै साहले युवा जनशक्तिलाई सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक रुपान्तरण तथा राष्ट्र निर्माणको अभियानमा अर्थपूर्ण रुपबाट सहभागी गराई नेतृत्व क्षमतालाई सदुपयोग गर्नुपर्ने , बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाइराख्न तथा गुणस्तरीय सिकाइ सुनिश्चित गर्न हाल सञ्चालन गरिएका भन्दा थप विशिष्टिकृत प्रकृति जस्तै दिवाखाजा, उपचार व्यवस्था, जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने, सार्वजनिक शिक्षा क्षेत्रलाई सुदृढीकरण गरी माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य तथा निःशुल्क बनाउनुपर्ने , राजनीतिमा युवा पुस्ताको सहभागिता अति न्यून देखिएकोले राजनीतिक दलहरुले गम्भीरतापूर्वक चिन्तन–मन्नगरी बाध्यात्मक नीतिगत तथा पद्धतिगत व्यवस्था गरी शीघ्र कार्यान्वयनमा लगिनुपर्ने, राष्ट्रिय युवा परिषद्ऐन– २०७२, राष्ट्रिय युवा नीति– २०७२, युथ भिजन– २०२५ लगायतका मौजुदा प्रावधानले निर्दिष्ट गरेका युवामैत्री रणनीति तथा कार्यनीतिहरुको कार्यान्वयन गरिनुपर्ने, युवालक्षित कार्यक्रम तय गरी तीनै तहका सरकारहरुले कार्यान्वयन गर्नुपर्ने, सीमान्तकृत, अल्पसंख्यक, अपाङ्गगता भएका, पछाडि परेका, प्रकोप तथा महामारीपीडित युवाहरुका लागि सीपमूलक तालिम, व्यवसायिक परामर्श, उत्पादन सहयोग, बजारको सुनिश्चितता, उत्पादनको बिमासहित विशेष कार्यक्रम बनाई लागू गरिनुपर्र्ने,संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नं. २२५०, दीगो विकास लक्ष्यलगायतका दस्ताबेजको कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धता र युथ भिजन– २०२५का पाँच स्तम्भसहित पन्ध्रौं योजनामा राखिएको युवाका लागि ७ बुँदे रणनीतिमा अभिलेखीकरण भएका युवासम्बद्ध सरोकारका विषयकोअनुशरण गर्नुपर्ने,युवा वर्गको आकांक्षा, सोंच, परिकल्पना, उद्देश्य, क्षमता, दक्षता, विषयगत ज्ञान, रुचिलगायतका विषयमा अध्ययन–अनुसन्धान गरी उनीहरुलाई देशको रुपान्तरणका क्षेत्रमा मूलप्रवाहीकरण गर्न ठोस योजना र कार्यक्रम तय गरी लागू गरिनुपर्ने, लगायतको माँग सहित सुझाव दिएको छ । ज्ञापन पत्र बुझदै मेयर चौहानले सुझावहरु एकदम राम्रा रहेको र आफुले यि सुझावलाई कार्यन्वयन गर्ने बताएका थिए । सो अवसरमा उपमेयर रुवी ठाकुर, राजपाका नेता निजामुदिन समानी,वडा अध्यक्ष ,नगरापालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको महासचिव रामप्रवेश साहले जानकारी दिनुभयो ।