वीरगन्ज,जेठ२०
पर्साको बीरगंज महानगरपालिका वडा नम्बर ४ विर्तामा रहेको बाल सुधार गृहमा आज स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
दिब्य विकास श्रोत केन्द्र बीरगंजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
नेपाल मेडिकल एसोसिएसन मधेस प्रदेश मारुती फर्मा प्रालि को सहयोग र टिपिओ नेपालको समन्वयमा सम्पन्न शिविर कार्यक्रममा १३२ जना बालकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको दिब्य विकास श्रोत केन्द्रका अध्यक्ष उमेश चौहानले जनकारी दिए।
बीरगंज विभिन्न संघसंस्था तथा स्थानीय सरकार भए पनि अहिलेसम्म यस बाल सुधार गृहमा कसैले सहयोग नगरेको बालसुधार गृहका प्रमुख टिकाकृष्ण काफ्लेले जनकारी दिए। उनले बाल सुधार गृहमा भवनको कमि छ ,एउटै कोठामा धेरै जना बालकलाई सुत्न कष्टकर हुन्छ। संघीय सरकारबाट मात्र थोरै सहयोग पाइरहेको छ, तर स्थानीय सरकारले भने अहिलेसम्म कुनै चासो नदेखाएको उनले गुनासो समेत गरे । आज यो दिब्य विकास श्रोत केन्द्र पर्साले यहाँ आएर बालकहरुको स्वास्थ्य चेकजाँच गरेर धेरै राम्रो काम गरेकोमा खुशि लागेको बताए। स्वास्थ्य शिविरमा जनरल फिजिसियन डाक्टर निरज सिंह ,चर्म रोग तथा छालाका डाक्टर रोहित गुप्ता ,बालरोग डाक्टर कुशराज गिरि लगायतले चेकजाँच गरेका थिए।
सो अवसरमा ,लेखा प्रमुख श्याम किशोर चौहान,टिपिओ नेपाल मनो विर्मशकर्ता रन्जु भन्डारी,रिता साह,कोपिला चौलागाईं , गणेश ठकुरी ,श्री जैसवाल ,नन्दुकिशोर यादव लगायतको उपस्थित रहेको थियो ।
बालगृहमा विभिन्न मुद्दा खेपिरहेका १३२ जना बालकहरु रहेका छन्