वीरगन्ज: वीरगन्जमा नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग(ओबिसी)महासंघ मधेश प्रदेश कमिटीको आज बैठक सम्पन्न भएको छ।
बैठक महासंघका मधेस प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष भगवान लाल पटेलको अध्यक्षता र महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
बैठकमा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै किसानहरुलाई भईरहेको समस्यालाई पहिचान गरि समस्या समाधान गर्न र देशमा अहिले देखिएको गम्भिर समस्याको रुपमा नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरण माथि निस्पक्ष छान बिन गर्न मधेस प्रदेशका आठौं जिल्लाको जिल्ला प्रशासन कार्यालयमा यहि १६गते ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण गराउन निर्णय गरिएको यस महासंघका पर्सा जिल्ला अध्यक्ष बाकेबिहारी पटेलले जनकारी दिए।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादले वर्तमान सरकारले किसानहरुको समस्या समयमा समाधान गरेन भने यो महासंघले देशव्यापी रुपमा आन्दोलनमा उत्रिने बताए। पिछडावर्ग महासंघ पार्टीको नयाँ संगठन रहेको हुनाले ग्रासरुटबाट पार्टीसंग समन्वय गरि अधिवेशन बाकि रहेको जिल्ला, महानगरपालिका,नगरपालिका,गाउँपालिका,वडा कमिटीसम्म अधिवेशन गरि संगठन बिस्तार गर्न सदस्यहरूलाई निर्देशन समेत दिएका थिए।
बैठकमा केन्द्रीय उपाध्यक्ष अकलेश कुमार साह, उप महासचिव धनराज गुप्ता, केन्द्रीय सदस्य किरण गुप्ता, रामबाबु प्र चौरसिया, राजेश सिंह, राजन कानु, संदिप महतो, बलिराम सहनि, लगायत प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो।