वीरगंज,बैशाख२१ आनन्द पटेल
बाराको फेटा गाउँपालिकाले आज आर्थिक बर्ष २०७९÷८० मा गरेको बिकाश निर्माणको कामको सार्वजनिक गरेको छ । पालिकाले आफनै कार्यालयमा पत्रकार सम्मेलनगरि सो बिकाश निर्माणबारे जानकारी गराएको हो । पालिका प्रमुख रुसतम अंसारीले ९० प्रतिशत बजेट खर्च गरिएको जानकारी गराए । उनले यस वषर् शिक्षा, सडक नाला, स्वाथ्य, मठ मन्दिर, सामाजीक बिकास, शिपमुलक तालिम, रोजगार, किसानका लागि बोरीङ, मल खाद लगायतको शिर्षकमा बढी बजेक खर्च गरेको र बाकी रहेको काम चालु अवस्थामा रहेको जानकारी दिए । आफु र्निवाचित भईसकेपछी जन्तामा गरेको हरेक वाचालाई पुरा गरेर देखाउने उनले प्रतिबद्धता जनाए । देशको आर्थिक अवस्था कमजोर भएका कारण पालीकामा अनुदानका रकम कटौती भएको र यसपटक आफुले सोचे जति काम गर्नमा अलि समस्या भएको सुवीकारे । पत्रकारले साधेको एउटा प्रश्नमा मेयर अंसारीले आफुहरुको बारेमा केही दिन अगाडी आएको समाचारमा कुनै सत्यता नभएको बताए । केही दिन अगाडी मेयर अंसारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहको मिलोमतोमा कमिशनमा विभिन्न योजनाहरु गोप्य रुपमा सम्झौता गरि सामानहरु खरिद गरेको भन्ने बिषयमा समाचार प्रकाशनमा आएको थियो । तर त्यस बिषयलाई खण्डन गर्दै मेयर अंसारी र प्रमुख प्रशासकीय अधिकृत सिंहले पालीकामा खरिद भएका हरेक सामगी्रको हर, हिसाब आफुहरुसंग सुरक्षित रहेको र आवश्यक परेको बेला सार्वजनिक गर्न तयार रहेको बताए । गाउँपलिका कार्यालय अन्तरगत रहेका शिक्षा शाखा, स्वास्थ शाखा, जिन्सी शाखा, कृषि शाखा लगायत अन्य शाखा र कार्यालय परियोजनाको लागि कुनै समान खरिद गर्नु पर्दा २०६३ सार्बजनिक खरिद ऐन अनुसार समान खरिद गरिएको तथा सार्बजनिक निकायले तोकेको सिमा भन्दा बढि रकमको समान खरिद गर्नु पर्दा बार्षिक गुरु योजना बनाएर पारदर्शिता रुपले समान खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहले पत्रकार सम्मेलनमा बताए । उनले यस पालीकाको बारेमा कुनै पनि जानकारी लिन तथा खर्च भएका हरेक हिसाब, किताब दिन आफु तयार रहेको बताए । उनले कार्यालय परियोजनाको लागि खरिद एकाई शाखा, सार्बजनिक र गुणस्तरीय मुल्यांकन समिति बनाई बोर्ड बैठकमा जानकारी गराई दराज, हिटर, थर्मस, शिक्षा सम्बन्धि समान, स्वास्थ सम्बन्धि औषधि, कृषि सम्बन्धि सामग्रीहरु, बिधुतीय सम्बन्धि सामग्रीहरु खरिद गरिएको बताए । गाउँपालीका प्रमुख रुषतम अंसारीले गाउँपालीकामा भएको बिकासका कामहरु पारदर्शी रुपमा नै भएको बताए । उनले संचार क्षेत्र दशकै चौथो महत्वपुण अङग भएको हुनाले सत्य, तथ्य कुराहरु लेख्न र पालीकाको बारेमा सल्लाह वा परामर्स गर्न आफु हर बखत तयार रहेको बताए । उनले सरकारी गाडी भएपनि अध्यक्ष अन्सारीले भ्रष्टाचार गर्ने नियतले आफ्नो निजी गाडी चढिरहेको र भाडा पनि बढी लिएको समाचार प्रकाशनमा आएको प्रति कुनै सत्यता नभएको र गाडीको आवश्यक्ता अनुसार नै बोड बैठकमा र्निणय गराएर प्रयोग गरिरहेके बताए । उनले यस पालीकाको बिकास आफु एक्लैले चाहेर नहुने हुनाले यसमा राजनितीक दल, जनप्रतिनीधी, आम जन्ता, संचारकर्मी लगायत सबैको साथ र सहयोग अति नै आवश्यक रहेको बताए । उनले आफु राजनितीमा सामाजीक सेवा गर्न र जन्ताको जीवनलाई सुखमय बनाउन आएको स्पस्ट पारे । अन्तयमा प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले यस पालीकाको हरेक कामको हिसाब, किताब समय समयमा संचारकर्मी मार्फत आम जन्तालई सार्बजनीक गराउदै जाने जानकारी दिए ।