पर्साको विन्दवासीनी गाँउपालिका वडा नं ५ प्रसौनीमा बुधबार अहमदिया संघ नेपालको आयोजनामा ईद मिलन समारोह सम्पन्न भएको छ।
कार्यक्रम अहमदिया संघका अध्यक्ष कमरुल होदा अन्सारीको अध्यक्षता र प्रतिनिधीसभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुप्ताले सबै धर्मलाई सम्मान गर्न आग्रह गरेका थिए। नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गुप्ताले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एकअर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ , अनिमात्र धार्मिक सहिष्णुता र समाजमा कुशलता सदैव कायम रहने बताएका थिए।
कार्यक्रममा संघ अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्ष पहिले भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया सघंको हाल सम्म विश्वका २२४ देशमा संगठन विस्तार भईसकेको जानकारी गराएका थिए।
कार्यक्रममा पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरिक्षक कोमल शाह , विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी , पूर्व उपाध्यक्ष किरण देवी गुप्ता, भारतीय महावाणिज्य दूवतावास वीरगन्जका वाणिज्यदूत शशी भुषण प्रसाद , अहमदिया संघका पर्सा जिल्ला इन्चार्ज हाशिम अमद , लगायतको सहभागीता रहेको थियो ।