वीरगंज, बैशाख १२ भगवान कुर्मी
नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओबिसी)महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक समपन्न भएको छ।
महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादको अध्यक्षता र नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख अतिथ्यामा बैठक समपन्न भएको हो।
बैठकमा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै पिछडावर्ग (ओबिसी) महासंघ नेकपा एमाले पार्टीको नयाँ जनसंगठनको रुपमा रहेको हुनाले संगठन बलियो बनाउन यहि बैशाख १७ गते देखि ग्रासरुट तथा समस्या पहिचान अभियान संचालन गर्ने निर्णय गरिएको छ।
यसै गरि चैत २२गते समपन्न पहिलो राष्ट्रिय महाधिवेशनमा पार्टीले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्ने, महाधिवेशनबाट स्वीकृत भएको बिधान अनुसार सबै तहको कमिटी बिस्तार गर्ने, महासंघ स्थापनाकाल देखि महाधिवेशन सम्म भएको कमि कमजोरीलाई आत्मसाथ गरि महासंघको बिधि, बिधानलाई टेकेर संगठन बलियो बनाउने, र स्थानिय तह, प्रदेश सरकार, र संघिय सरकार लगायतको तिनै तहमा पार्टीसंग समन्वय गरि पिछडावर्ग उथान बिकास समिति गठन गर्न निर्णय गरिएको महासचिव जयप्रकाश महतोले जनकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यो संगठन पार्टीको नयाँ जनसंगठनको रुपमा रहेको छ, तर यसले थोरै दिनमा गरेको कार्यलाई हेर्दा पुरानोको अनुभव भईरहेको बताए। नेकपा एमाले पार्टीको सिधान्त अनुसार काम गरि अगाडी बढनु यस महासंघको लागि सधैं मेरो साथ र सहयोग रहने उपमहासचिव प्रदिप ज्ञवालीले प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा केन्द्रीय अध्यक्ष निषादले स्थापनाकाल देखि लिएर पार्टीको जनसंगठनको रुपमा घोषणा भएको अहिले सम्म साथ सहयोग गर्ने सम्पुर्ण पार्टीका नेता तथा महासंघमा आवध रहि कार्य गरिरहेका सदस्य प्रति धन्यवाद ज्ञापन समेत गरेका थिए।
कार्यक्रममा नेकपा एमालेका जनसंगठन संयंत्र प्रमुख भानुभक्त ढकाल र उपप्रमुख राचना खाडकाले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा उपाध्यक्ष अकलेश कुमार साह, बिनोद चौधरी कुर्मी, उपमहासचिव धनराज गुप्ता, सचिव सुनिल यादव, पुनम साह,चन्द्रप्रकाश यादव, कोषाध्यक्ष लिला कुशवाहा, केन्द्रीय सदस्य ककुलति देवि, बलिराम सहनि, राजन साह कानु, संदिप महतो, , निर्जला देवि लगायतको उपस्थिति रहेको थियो।