वीरगंज, बैशाख ०९
बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै आम मदतातालाई सूर्य चिन्हमा मतदान गर्न विज्ञप्ति जारी गर्दै अपिल गरेका छन ।
उनले आफनो उम्मेदवारी निष्क्रिय रहने बताएका छन । तेलीले बिज्ञप्ति जारी गर्दै सुशासन र बिकासको प्रतिफल जनतामा पुर्याउन सक्ने नेता पौडेल मात्र भएको बताएका छन । बारा २ को निर्वाचनको मैदानमा राजनीतिको सर्वथा नैतीकहिन प्रहसन भइरहेको सन्दर्भ छ ।
सप्तरी जनताले परास्त गरेका जसपाका अध्यक्ष उपेन्द्र यादवको सत्ता बिना बाँच्न नसक्ने स्वार्थी प्रवृतिको प्रकटीकरण बारा २ मा भएको छ । जनताको मतद्वारा पराजीत यादव चोरबाटो सुदै संसद प्रवेश गर्न खोज्दा उनको सर्वत्र आलोचना भएको छ । उनले सप्तरीका जनताको आदेशको अपमान गरेको राजनीतिक बिश्लेकष्कहरुको टिप्पणी छ ।
बाराको क्षेत्र नं २ लाई आफू सत्तामा जाने भयाङ बनाउनेको बिरुद्ध एउटा बलियो उम्मेदवारको आवश्यकता भएको बेलामा स्वतन्त्र उम्मेदवार तेलीको यो निर्णयले उपेन्द्र बिरोधी ठुलो जनमताको प्रतिनिधित्व पौडेलले गर्ने भएका भएका छन ।
स्वतन्त्र उम्मेदवार तेलीले विज्ञप्ति जारी गर्दै भनेका छन ‘‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदाता संग अपिल गर्दछु ।
उनले भने, ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नै भन्ने निष्कर्ष निकालें ।’
उनले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आफूलाई मन परेको बताए । बाराका ४ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तमकै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ति पुरुषोत्तमको आवश्यकता भएको उनले निष्कर्ष सुनाए ।
यसैगरि जनमत पार्टीका बारा जिल्ला संयोजक अकबर खलिफाले जनमत पार्टी परित्याग गरेका छन । उनले नेकपा एमालेका उम्मेदवार पुरुषोतम पौडेलको जीत बारा क्षेत्र नं २ को आवश्यकता भएको ठहर गरेर पार्टी परित्याग गरेको बताए ।
उनले बिकासप्रेमी ,शालीन ,जनप्रिय तथा बैद्धिक नेता पुरुषोतम पौडेललाई मतदान गरेर बिजयी बनाउन आम मतदातालाई अपिल गरेका छन ।
जनमत पार्टीका जिल्ला संयोजकको सर्मथन प्राप्त गरेपछि एमालेका नेता पुरुषोतम पौडेल पाँचदलीय गठबन्धनका बिरुद्ध साझा उम्मेदवार बनेका छन ।
उपेन्द्र यादवको स्वार्थलाई रोक्नकालागि पुरुषोतम पौडेल निविर्कल्प उम्मेदवार भएको बाराको निर्वाचन क्षेत्रको ग्राउण्ड रियालीटी बन्न पुगेको उनले पाउदै गरेको सर्मथनले पुष्टि गरेको छ ।सभार ईसिमाना