भगवानलाल कुर्मी
वीरगंज, चैत्र २३,
अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघको अध्यक्षमा पुनः तेजप्रकाश निषाद निर्वाचित भएका छन । बुधबार राती वीरगंजको टाउनहलमा सम्पन्न बन्द सत्रले पर्सा जिल्ला निवासी निषादकै अध्यक्षतामा ३५ सदसिय नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा अकलेश साह(पर्सा) ,बिनोद चौधरी कुर्मी(लुम्बनी) बालेश्वर कामत( मोरङ्ग)महासचिव जयप्रकाश महतो(मोरङ्ग) उपमहासचिव धनराज गुप्ता(बारा)सचिव चन्द्रप्रकाश यादव(धनुषा), पुनम साह (सुनसरी) अशोक कुमार यादव(सप्तरी) कोषाध्यक्ष लिला कुशवाहा (बारा) सदस्य ,राधेश्याम सहनी (रौतहट),बलिराम सहनी (रौतहट),राजेश सहनी, राजन साह कानु, संदिप महतो, गिता रानी महतो,किरण देवी गुप्ता, प्रदिप महतो, रामबाबु चौरसिया,राजेश सिंह कुर्मी,बिनिता ठाकुर,सुनिल यादव,ककुल्ती कुमारी साह,प्रेम किसोर महतो,सुरेश यादव,निर्जला देवी,प्रतिभा साह,बिष्णुकान्त महतो,रामबिलास राय,संतोषी साह, डिलकुमारी मुखिया, राजराम साह रहेको अध्यक्ष मण्डलका संयोजक भानुभक्त ढकालले जानकार िदिए । बन्द सत्रमा अध्यक्ष मण्डलका सदस्यहरु राजकुमार गुप्ता, अरबिन्द सिंह, रचना खडका र जिल्ला सदस्य शिवजि गुप्ता लगायत निवार्चन कमिटीका बिजय सुब्वा र लेखा आयोगका पुष्प कंडेलके सक्रिय सहभागिता रहेको थियो ।