बिरगंज , चैत्र ०४
बिरगंज महानगर पालिका वडा न।५ स्थित कुम्हालटोलमा रहेको युरो एकेडेमीको शनिबार बार्शिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । ९ बर्ष पूरा भैइ १० बर्षमा प्रवेश गरेको युरो एकेडेमीले पिजि देखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई व्यवहारीक शिक्षा दिनुको साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिदै आईरहेको एकेडेमीका प्रिन्सिपल सानू राणाले जानकारी दिनु भएको थियो ।स्कुलमा अहिले कुल विद्यार्थीको संख्या १०० देखि माथि रहेको र आगामी दिनमा अझै धेरै पढाईको साथ साथै अतिरिक्त क्रियाकलापहरु जस्तै खेलकुद , गायन , नृत्य , स्पिच , हाजिरी जबाफ प्रतियोगिता , व्यक्तित्वकला , बुद्धिचाल खेल , चित्रकलालाई पनि समावेश गरि विद्यार्थीको रुचि अनुसारको प्रतियोगिता गर्दै अगाडि बढने पनि बताए ।बर्शिकोत्सवको अवसरमा विद्यालयका पिजि देखि कक्षा २ का ससाना भाइ बहिनीहरुले नृत्य प्रस्तुत गर्दै अभिभावक र उपस्थिति अतिथिहरुको मन जित्न सफल भएका थिए । त्यसैगरि अभिभावकहरु पनि आआफ्नो बच्चाहरुले गरेको नृत्य हेरेर स्कुलका सम्पुर्ण टिमलाई धन्यवाद दिएका थिए । युरो एकेडेमीका प्रिन्सिपल साना राणाको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका वडा न।५ का वडा अध्यक्ष प्रदिप चौरसियाले कम समयमा स्कुलले अभिभावक र विद्यार्थी भाई बहिनीहरुको मन जित्न सफल भएकोमा बधाई समेत दिनु भएको थियो भने अभिभावकहरुले पनि स्कुल प्रती देखाउनु भएको बिश्वास र भरोसालाई यश स्कुलले पनि कायम राख्न सफल रहोस भन्ने सुभ कामना दिनु भएको थियो ।त्यसै गरि अतिथिमा वडा न।५ का महिला वडा सदस्य सन्जु दाहाल , नेपाल टेलिभिजन पर्साका सम्बादाता नेहाल खान , पर्सा पोस्टका प्रकाशक अजित भुजेल , अधिवक्ता उज्वल अधिकारी , एकेडेमीका डाईरेक्टर राजेश जंग राणा , महिला जागृतिका अध्यक्ष सुधा मिश्रा, लिटिल स्टार मन्टेस्वरीका प्रधानाध्यापिका सुधा तिवारी , बिरगंज बहिरा बिधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ , बहिरा स्कुल व्यवस्थापन समितिको अध्यक्ष रिता क्षेत्री , सुर्योदय स्कुलका प्रधानाध्यापिका शिखा यादव , त्यसैगरि स्कुलका शिक्षिका आरती सरार्फ , सजिया प्रविन , सिर्जना चौधरी , पुजा थापा , सुनिता पटेल , सुनिता गुप्ता , रन्जना कार्की , मिरा सिंह , अमन कर्ण, कृति श्रीवास्तव , गाडी चालक दीपेन्द्र श्रेष्ठ लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन स्कुलकि शिक्षिका सिद्धिका कार्कीले गर्नु भएको थियो ।